• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मोफसलमा उभिएका देवान, जो मोफसलमै सपना देख्छन्

64x64
नेपाल लाइभ शनिबार, भदौ ९, २०७५  १०:३१
1140x725

काठमाडौं- भदौको पहिलो दिन सर्वनामको ‘हामी कवि र कविता’मा गुञ्जिएका थिए राजु स्याङ्तान र देवान किराँती। त्यसको अर्को दिन दिउँसो अनामनगरको एउटा क्याफेको भित्री कुनामा भेटिए, उनै कवि देवान। साथमा गफिँदै रहेछन्, अर्का कवि नवीन प्यासी। 

केही दिनअघि मात्र कविता सुनाउन काठमाडौं आएका देवान छिट्टै राजधानीबाट उम्कने तयारीमा थिए। उसो त लामो समय उनी राजधानी बस्नै चाहँदैनन्। उनी इटहरीमा निकै व्यस्त छन्। 
एकछिन पनि राजधानीमा टिक्न नसक्ने देवानले मोफसल र राजधानीबीचको फरकबारे लामै कुरा गरे।
 
देवानको बुझाइमा राजधानी
लामो समयदेखि मोफसलमै बसेर साहित्यमा डटिरहेका छन् उनी। मोफसललाई प्रेम गर्छन्। कवि बन्नका लागि राजधानी नै छिर्नुपर्छ भन्ने मान्यतालाई मोफसलमै बसेर चिर्न चाहन्छन् उनी। 

राजधानीभित्र बसेर हजारौँ आँखाले सपना देख्दा त्योभन्दा बाहिर बस्ने देवानको आँखाले राजधानीमा के देख्छ त? 

सुरुवाती प्रश्नमा उनी सजिलै उत्तर दिन्छन्, ‘फगत ईर्ष्या, लोभ, घमण्ड... त्यसबाहेक अरु कमै देख्छु।’ 

राजधानीको मिडियामा उभिन सबैजसो मरिहत्ते गर्छन्। राजधानीमा उनीहरूको ठूलो मोह छ। तर देवान भने राजधानीबाट टाढिन चाहन्छन्। उनी टाढै बसेर राजधानीलाई प्रेम गर्न चाहन्छन्। ‘म राजधानीलाई प्रेम गर्छु, तर सपना मोफसलमै देख्छु,' उनी खुल्दै जान्छन्, ‘राजधानीमा सपना त धेरैले देख्छन्, तर सबै सपना पुरा गर्ने तागत राजधानीमा छैन। यहाँ सबैले एउटा भ्रम पालेर बसेका छन् कि सबै राम्रा उत्पादनहरू राजधानीले नै गर्छ। तर यो सरासर गलत हो।’ उनको विचारमा राजधानीबाहिर काम गर्नेहरू पनि धेरै शक्तिशाली छन्। तर त्यसको मूल्याकंन भने हुन सकेको छैन। 

राजधानीले कसरी हेर्छ मोफसललाई? 
सपनाको पोको बोकेर राजधानी छिर्नेहरू धेरै छन्। कवि नै बन्छु भनेर आउनेहरूको पनि कमी छैन। उनीहरूले राजधानीलाई अवसरको नजरले हेरेका छन्। हेर्न त मोफसलमै बस्नेहरूले पनि राजधानीलाई प्रेमको नजरले हेर्छन्। 

तर, राजधानीले मोफसललाई कसरी हेर्दो हो त? 

Ncell 2
Ncell 2
nimb
nimb

‘राजधानीले मोफसललाई हेयको दृष्टिले हेर्छ,’ देवान गम्भीर मुद्रामा बोल्छन्। राजधानीले मोफसललाई विभेद गरेको उनको बुझाइ छ। राजधानी छिरेपछि मानिसहरूमा प्रतिभा होइन घमण्ड उम्रने कुरामा उनको बलियो तर्क छ। भन्छन्, ‘राजधानीमा मै हूँ भन्नेहरू मोफसल छिर्दा ऊसँग केही हुँदैन शरीर शिवाय।’

कवि हुन राजधानी छिर्नुपर्छ भन्ने कथित सत्य छ। यो निर्माण हुनुका पछाडि थुप्रै कारणहरू छन्। तर यो सत्य मोफसलले पालेको भ्रम हो भन्ने देवानको स्पष्ट बुझाइ छ, ‘राजधानीबाहिर राम्रा कविहरू छन्। राजधानी ताक्नु त निम्छरो दिमाग मात्र हो।’ 

राजधानीसँग धेरै कुरा भए पनि साहित्यको हिसाबमा भने शून्य भएको उनको मूल्याकंन छ। एकेडेमीले उत्पादन गरेका कविभन्दा एकेडेमी बाहिरका कवि शसक्त भएको ठहर गर्छन् उनी। राजधानी छिरेर कोही राम्रा भएका छैनन्। बरु राजधानी आएपछि सिर्जना नै हराएको छ। यसो हुनुको पछाडि एउटा कारण पेस गरे उनले, 'हामी जे सोचेर काठमाडौं पस्छौं, त्यो हुँदैन। बाहिरबाट देखेका कुरा हामी राम्रा भन्छौं तर गुदीमा केही हुँदैन।’

मोह हुन नसकेको राजधानी
देवान किराँती, जसलाई राजधानीप्रति कहिल्यै मोह भएन। ‘यहाँको चरित्र समाजसँग कहिल्यै पाच्य भएन। मैले जुन विचार विचार लिएर हिँडे, यहाँ त्यो विचारले मेल खाएन। यहाँ आफ्नो स्वतन्त्र जिन्दगी छैन। यहाँ हरेक पाइलामा गुट छ, गुटको अखडा छ।’ 

तर राजधानीबाहिर गएपछि त्यस्तो समस्या नभएको उनी बताउँछन्। 

कवितामा भेटिने देवान
‘तपाईं कविता किन लेख्नुहुन्छ?’ प्रश्न गरेर म जवाफ पर्खंदै थिएँ। एकछिन घोत्लिएपछि मुस्कुराउँदै देवानले भने, ‘कहिलेकाहीँ त कवितै नलेखूँ जस्तो लाग्छ। तर लेख्न पो छोडिन्न त।’ 

यही प्रश्न धेरै कविहरूलाई गर्दा उनीहरूको जवाफ साझा हुन्छ, ‘कविता राष्ट्रको लागि लेख्छु।’ तर यो जवाफ देवानलाई भने वाहियात लाग्छ। कोही कसैले कविता अरुको लागि लेख्छ भन्नु भ्रम ठान्छन् उनी। ‘म हरेक कविताहरू केवल आफ्ना लागि लेख्छु। मलाई कविता लेख्दा रमाइलो लाग्छ,’ कविता लेखेर मात्र कवि नबनिने उनको अर्को तर्क छ, ‘यदि कुनै कविले राम्रो कविता लेख्छ तर समाजमा असल काम गर्न सक्दैन भने समाज उसको पछाडि लाग्दैन।’

सामाजिक उत्तरदायित्व बहन गर्ने व्यक्ति नै समाजको नायक हुने कुरामा उनी विश्वास राख्छन्। 

उसोभए कविको पहिलो सर्त के हो त? 

उनी जवाफमा बोल्छन्, ‘समाजप्रति उत्तरदायी हुनु कविको पहिलो सर्त हो।’ 

अनि कविता? 

उनी निर्धक्क भन्छन्, ‘कविता त ऐच्छिक कुरा हो।’ त्यसैले पनि समाजमा जिम्मेवार बन्नका लागि देवान कविता लेख्दैनन्। जिम्मेवार बन्नकै लागि त उनीसँग आफ्नो व्यापार छ। पेसाप्रति प्रतिबद्ध भएर नै सामाजिक उत्तरदायित्व बहन गरिएको बताउँछन् उनी। 

उसो त कवितामा पाठक खोज्न उनी पटक्कै रुचाउँदैनन्। देवान आफ्नो कवितामा कतै दुःख र कतै खुःसी मिसाउँछन्। आफ्नै भोगाइका अनुभूतिहरूलाई उनी कविता बनाउँछन्। 'जब कोही तिनैलाई अनुभूत गर्दै कविता पढ्छन् भने उसलाई त्यस कवितालाई छुने र प्रभावित गर्ने रहेछ,' उनको बुझाइ छ। कविताले पाठक नखोजे पनि पाठकले कविता खोज्ने कुरामा उनी विश्वस्त छन्। 

देशमा ठूलाठूला राजनीतिक परिवर्तन हुँदा कविताले निकै भूमिका निर्वाह गरेको छ। तर परिवर्तनका बेला जुनजुन कविको भूमिका थियो, परिवर्तनपश्चात् तिनीहरू हराउँदै गएको उनको विश्लेषण छ। 

थाहै नपाई छापिएको कविता
एक पटक नागरिक दैनिकमा आफ्नै कविता छापिएपछि देवान छक्क परे। ‘मैले दिँदै नदिएको कविता कसरी छापियो?’ उनी अचम्ममा परेँ। रहस्य त अर्कै रहेछ। उनले खुलाए।

कविता कतै सुनाउन र छपाउन पटक्कै नचाहने उनको स्वभाव छ। यदि कसैले मागिहाल्यो भने पनि 'छैन' भनेर टारिदिने। उनको यही स्वभावलाई नजिकबाट नियाल्ने इटहरीका कवि छन्, बद्री भिखारी। उनले एक दिन देवानका कविता सुटुक्क भाउजूसँग मागेछन्। भाउजूबाट कविता फुत्काएपछि थाहै नदिई पत्रिकामा दिएछन्। पछि प्रकाशन भयो। उक्त कविताको निकै चर्चा पनि भयो। ‘आफ्नै कविता अखबारमा देखेपछि अचम्मित भएँ,' त्यतिबेलाको किस्सा सम्झेर उनी मुस्कुराउँदै भन्छन्, ‘कविता कसले दियो भन्ने कुराको पोल त केही दिनपछि  खुलिहाल्यो।’

कवितामा आफूलाई कसरी फरक पाउँछन् उनी? 

‘म कवितामा नारा खोज्दिनँ, दर्शन खोज्छु।’ उनले भनेझैं कविताको दुनियाँमा आफूलाई फरक किसिमले उभ्याउन खोजिरहेका छन्। कवितामा नारा खोजिरहनेहरूको दुनियाँबाट आफूलाई बिलकुल जोगाएका छन् उनले। यो उनको कविताको वैशिष्ट्य पनि हो। 

किन भनियो त वंशज कवि? 
कवि जसराज किराँतीका छोरा हुन् देवान। बाबु र छोरा नै कविताकर्ममा उतिकै सक्रिय रहनुमा कसैलाई अनौठो लाग्न सक्छ। त्यसैले कतिले त देवानलाई वंशज कवि भनेर पनि जिस्काउने गर्छन्। कतिले बाबुको कविताको प्रभाव भनेर आरोप पनि लगाउने गर्छन्। यसरी आरोप लगाइरहँदा देवानको कवितामा भने बाबुको प्रभाव देखिन्न।

छोरो पनि कविता लेख्छ भन्ने बाबुलाई थाहा थिएन। अचम्म त, उनलाई पनि बाबु कवि हुन् भन्ने पत्तो थिएन। 

२०५६ तिर देवान काठमाडौं बस्ने गर्थे। एकदिन गरिमामा एउटा कविता प्रकाशित भएछ। उनका बा जसराज किराँतीले गाउँमा कविता पढेछन्। नाम र फोटो हेर्दा आफ्नै छोरासँग मिल्दो। दसैंमा देवान घर जाँदा बाले पत्रिकामा भएको कविता देखाएर भनेछन्, ‘देवान किराँती भन्ने एउटा कवि रहेछ। राम्रो कविता लेख्दो रहेछ। फोटो पनि त सँग मिल्ने। तँ पनि पो कविता लेख्छस्?

उनले भनेछन्, ‘लेख्छु।’ देवानको जवाफले बा त अचम्ममा परेछन्। त्यतिबेला बाले के सोचे उनले ठम्याउन सकेनन्। तर आफूभने निकै उत्साहित भए। 

देवानलाई बा कवि रहेछन् भन्ने कुरा पनि सहर आएपछि थाहा भयो। ‘सहरमा त बाको ठूलो नाम रहेछ। बाको किताब पनि प्रकाशित रहेछ,’ उनले त्यतिबेलाको दृश्यलाई सम्झनामा चित्रण गरिरहेका थिए। 

कविता त बाले पनि लेख्थे। तर बाका कारण कवि भएको भन्ने कुरमा भने उनी सहमत छैनन्। यद्यपि कविको नजरले हेर्दा जसराज किराँतीका कविता देवानलाई राम्रा लाग्छन्। 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०७५  १०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्