नागरिक उन्मुक्ति पार्टीका नेताहरु (तस्बिर)
काठमाडौं– सत्ता गठबन्धनको दल नागरिक उन्मुक्ति पार्टीले आज (शनिबार)देखि गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ।
टीकापुर हत्याकाण्डमा पार्टीका नेता रेशम चौधरीको हकमा जिल्ला अदालत र उच्च अदालतले सुनाएको जन्मकैदको फैसला सर्वोच्च अदालतले पनि सदर गरेपछि नागरिक उन्मुक्तिले विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो। जसअन्तर्गत शनिबारदेखि जेठ १० गतेसम्म नेपाल बन्द गर्ने भनिएको थियो।
तर, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने भनेर संसद्मा प्रतबद्धता जनाएको र फौजदारी विधेयक संसद्मा टेबल भइसकेको भन्दै भन्दै नागरिक उन्मुक्ति आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो।
पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले शुक्रबार विज्ञप्ति जारी गर्दै बन्द ‘अर्को सूचना नआउँदासम्म’ फिर्ता लिएको जानकारी गराएका छन्। ‘...सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले, नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।