काठमाडौं– बलात्कार, एसिड आक्रमण लगायतका हिंसापीडित तथा प्रभावित महिलाको सुरक्षाको लागि राहतको व्यवस्था गर्ने बताएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पीडित महिलाका लागि नि:शुल्क कानुनी सेवा, मनोसमाजिक परामर्श र आयआर्जनको सीप प्रदान गरिने घोषणा गरिएको हो।
महिला तथा किशोरीविरुद्ध हुने सबै किसिमका हिंसाको विभेद र शोषणको अन्त्य गरिने बताइएको छ। नेपाली समाजको बालविवाह, बोक्सी, छाउपडी, दाइजो लगायतका कुप्रथाको अन्त्य गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।