काठमाडौं- संघीय सरकारले तीनै सरकारबीच तालमेल मिलाउन ५ वटा नीति अख्तियार गर्ने भएको छ। संघीय सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ।
सरकारले अघि सारेको नीतिमा सरकारहरुबीचको दोहोरोपन अन्त्य गर्ने, कार्य विस्तृतीकरण प्रतिवेदनलाई पुनरावलोकन गर्ने लगायतका नीति अघि सारिएको छ।
‘तीन तहका सरकारबीच कार्यात्मक अन्तरसम्बन्ध सुदृढ गरी काममा रहेको दोहोरोपन अन्त्य गरिनेछ। कार्य विस्तृतीकरण प्रतिवेदनको पुनरावलोकन गरिनेछ। राष्ट्रिय समन्वय परिषद् लगायतका संरचनालाई क्रियाशील बनाइने छ,’ सरकारको नीति तथा कार्यक्रमा उल्लेख छ, ‘राष्ट्रिय प्रतिबद्धता पूरा गर्ने कुरामा तीनै तहको अपनत्व कायम रहनेछ। राष्ट्रिय प्राथमिकता पूरा गर्न प्रदेश र स्थानीय तहले पूरा गर्नुपर्ने नीतिगत र कानुनी व्यवस्था गरिनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।