काठमाडौं– सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘सामुदायिक बन फलाउनेछ धन’ भन्ने अभियान अन्तर्गत केही बन्यजन्तु र पंक्षीहरुको व्यावसायिक पालन गेर्न दिने नीति अघि सारेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारले उक्र व्यवस्था राखेको हो।
‘यसै वर्षदेखि सामुदायिक बन क्षेत्रमा निश्चित मापदण्ड र अनुगमनको कार्यविधिका साथ हरिण, मृग, बँदेल, कालिजहरुको नियन्त्रित र व्यावसायिक पालन सुरु गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।