काठमाडौं– सरकारले बाली लगाउनु पूर्व नै प्रमुख बालीको न्यूनतम समर्थन मूल्य तोक्ने बताएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल संयुक्त सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो बताइएको हो।
‘बाली लगाउनुपूर्व नै प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिनेछ,’ राष्ट्रपति पौडेलले भने। अघिल्ला वर्षहरुमा भने बालीको न्यूनतम समर्थन मूल्य उत्पादन पछि तोक्ने गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।