काठमाडौं- सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निशुल्क विद्युत उपलब्ध गराइने भएको छ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
'ऊर्जामा सबै नागरिकको पहुँच सुनिश्चित गरिनेछ। आगामी दुई वर्षभित्र सबैको घरमा विद्युत पुर्याइनेछ। विपन्न वर्गलाई निशुल्क विद्युतीय मिटर उपलब्ध गराइनेछ', प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ।
त्यस्तै, खाना पकाउने ग्यासलाई क्रमशः विद्युतबाट प्रतिस्थापन गरिने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।