काठमाडौं- विकास निर्माणका लागि सरकारले विकास आयोजना सम्बन्धी छुट्टै कानुन ल्याउने घोषणा गरेको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो उल्लेख गरेका हुन्।
नीति तथा कार्यक्रममा भनिएको छ, 'विकास आयोजना सम्बन्धी कानुन ल्याएर विकास आयोजनाहरुलाई सहजीकरण गरिनेछ।'
यसैगरी राष्ट्रिय गौरव र रुपान्तरणकारी आयोजनालाई विशेष प्राथमिकता दिइने, विकास आयोजनाको अनुगमन, जग्गा प्राप्ति, बन क्षेत्र प्रयोग र वातावरणीय प्रभाव मूल्यांकन जस्ता कार्यमा सहजीकरण गर्ने, खरिद प्रक्रियामा सहजीकरण हुने गरी सरकारले विकास आयोजना सम्बन्धी कानुन ल्याउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।