काठमाडौं– सरकारले चिया, अलैंची र अदुवा निर्यातका लागि विशेष कार्यक्रम ल्याउने बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेल संयुक्त सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ।
‘चिया, अलैंची र अदुवा जस्ता कृषि वस्तुको निर्यात प्रवर्द्धन गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ,’ सरकराको नीति तथा कार्यक्रममा उल्लेख छ।
पछिल्ला वर्षहरुमा उक्त वस्तुहरुको निर्यातमा समस्या देखा पर्दै आएको छ। विशेष गरी भारतले गुणस्तर परीक्षणका नाम उक्त वस्तुको आयातमा कडाइ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।