काठमाडौं– सरकारले हेटौँडा कपडा उद्योग, गोरखकाली टायर कारखाना र उद्योग बुटवल धागो उद्योग सञ्चालनमा ल्याउने बताएको छ। शुक्रबार संघीय सदनमा प्रस्तुत सरकाको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको हो।
लामो समयदेखि बन्द रहेका उद्योग खारेजी सञ्चालनमा एकीकरणमा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अनुगमन समिति गठन गरिने सरकारले बताएको छ।
साथै औद्योगिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउनका लागि विदेशी कुटनीतिक नियोगको सक्रियता बढाइने समेत बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।