काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारवाहीमा परेका ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटको सुनुवाइ हेर्न नभ्याउने हुँदै स्थगित भएको छ।
न्यायाधीशद्धय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा तेस्रो नम्बरमा रहेको पेसी हेर्न नभ्याउने भएको हो।
उक्त मुद्दा अब अर्को दिन सुनुवाइ हुनेछ। सो अवधिसम्मका लागि यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश निरन्तर भएको छ।
स्वास्थ्यमन्त्रीका लागि भन्दै उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो। उक्त अडियो सार्वजनिक भएपछि उनको दलले कारबाही गरेर हटाएको थियो।
श्रेष्ठको स्थानमा बिन्दवासीनी कंसाकारको नाम सिफारिस गरेको थियो। तर सर्वोच्चले वैशाख २५ गते अल्पकालीन अन्तरिम आदेश गरेपछि उनले सपथ लिन पाएकी छैनन्।
शुक्रबार सुनुवाइ हुँदै अन्तरिम आदेश खारेज गरेको भए उनले सपथ खान पाउने थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।