काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा आयोजनाको तयारीका सम्पूर्ण चरण पूरा भएका आयोजनामा मात्र बजेट विनियोजन गर्ने बताएको छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममै उक्त व्यवस्था गरेको उल्लेख गरेको छ।
संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्दै पौडेलले उक्त कुरा उल्लेख गरेका छन्।
‘आयोजना तयारीका सम्पूर्ण चरण पूरा भएका आयोजनामा मात्र बजेट विनियोजन गरिनेछ। राष्ट्र गौरवका र रुपान्तरणकारी आयोजनालई प्रथमिकता दिइनेछ,’ सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।