काठमाडौं- सरकारले अब वडावडामै कृषि प्राविधिक पठाउने घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रममा उक्त घोषणा गरिएको हो।
संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त जानकारी दिए। हाल पालिकास्तरमा यस्ता प्राविधिकहरु रहेका छन्। उनीहरुलाई थप विस्तार गर्दै जनतालाई कृषिमा आउने समस्या सहज रुपमा समाधान गर्न यस्ता प्राविधिकहरु वडास्तरमा पठाउने नीति तथा कार्यक्रम सरकारले ल्याएको हो।
त्यस्तै सरकारले रासायनिक मल समयमै उपलब्ध गराइने दाबी गरेको छ। मल उत्पादन गर्न कारखाना नेपालमै खोल्न पञ्चवर्षीय योजना अघि बढाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
स्थानीय तहमा जैविक मल उत्पादन गर्ने कार्यलाई पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ। चिया, अलैंची र अदुवाजस्ता वस्तु उत्पादनमा र निर्यात गर्न सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।