काठमाडौं– सरकारले सार्वजनिक निकायबाट हुने सबै अध्ययन र अनुसन्धान विश्वविद्यालयबाट गराउने भएको छ।
सरकारको नीति तथा कार्यक्रम पेश गर्दै उक्त कुरा दाबी गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्दै अध्ययन र अनुसन्धानको कार्यमा विश्वविद्यालयलाई जिम्मा दिने बताए।
यसअघि आ–आफ्नै रुपमा अनुसन्धान र अध्ययन हुँदै आएको थियो। विश्वविद्यालयमा हुने दक्ष जनशक्तिको उपभोग नभएको भन्दै आलोचना हुँदै आएको थियो।
त्यस्तै विश्वविद्यालयले अध्ययन र अनुसन्धान गर्ने हो भने दोहोरो सरकारी खर्च पनि नहुने दाबी गरिँदै आएको छ ्। सरकारले यसमा निर्णय गरेर यसको सुरुवात गर्ने तयारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।