काठमाडौं- सरकारले हुन्डी र अवैध कारोबारलाई कडाइ गर्ने दाबी गरेको छ। संघीय संसदमा पेस भएको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्दै रेमिट्यान्स वैधानिक बाटोबाट भित्र्याउन अबैध बाटोबाट आउने हुन्डीजस्ता कार्यलाई कडाइ गरिने दाबी गरे। कर प्रणालीलाई पुनरावलोकन गर्दै राजश्वको दायर पनि सरकारले फराकिलो पार्ने दाबी नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यस्तै सरकारले राष्ट्रिय पुँजी पलायन गर्नेहरुलाई पनि कारबाहीको दायरमा ल्याउने भएको छ। सरकारले नेपालमा हुनुपर्ने लगानी विदेश पलायन गरेमा यस अन्तर्गत कारबाही गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।