काठमाडौं– सरकारले अर्थतन्त्रमा समस्या आउनुको कारण रुस युक्रेनको मुख्य भूमिका रहेको दाबी गरेको छ।
नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्दै यस्तो दाबी गरिएको हो। विश्वभर फैलिएको कोरोना महामारीकै बीचमा अर्थतन्त्र विस्तारै उठ्दै गर्दा रुस र युक्रेनबीच युद्ध भएको र त्यसको प्रभाव नेपाली अर्थतन्त्रमा परेको दाबी नीति तथा कार्यक्रममा गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्दै यो सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास सफल हुदै गएको दाबी गरेका छन्।
नीति तथा कार्यक्रममा अर्थतन्त्रको सुचककहरू सुधार भएको, विप्रेषण बढेको भन्दै अर्थतन्त्र विस्तारै लयमा फर्कन थालेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।