काठमाडौं– संकटमा रहेको जसपा नेतृत्वको मधेश प्रदेशले तत्काललाई राहत पाएको छ।
सत्ता समीकरण फेरबदलले संकटमा पुगेको अवस्थामा मधेशप्रदेश बारे बालुवाटारमा शुक्रबार भएको शीर्ष नेताहरूको छलफलमा कांग्रेस र जसपाले आलो पालो नेतृत्व लिन सहमति बनेको हो।
अहिले मधेश प्रेदशको नेतृत्व जसपाका सरोज यादवले गरेका छन्। आलो पालो गर्ने सहमति भएअनुसार आधा कार्यकालपछि कांग्रेसले नेतृत्व लिने बालुवाटार छलफलमा भएका एक नेताले भने।
उक्त प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीको दावेदारी गरेका थिए।
यस्तै, बालुवाटारमा बनेको सहमतिअनुसार अब मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी समेत सहभागी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।