काठमाडौं- राष्ट्रिय सभा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति(कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठन सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ।
राष्ट्रिय सभाबाट उक्त समितिमा अनिता देवकोटा, गंगाकुमारी बेलबासे, भैरव सुन्दर श्रेष्ठ रहनेछन्।
समिति गठनको प्रस्तावको प्रस्तावक गोपीबहादुर सार्की(अछामी) थिए भने प्रकाश पन्थ र दिलकुमारी रावल थापाले समर्थन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।