काठमाडौं- मन्त्रिपरिषद्को बैठकबाट नीति तथा कार्यक्रम स्वीकृत भएको छ। शुक्रबार दिउँसो ४ बजे संसद्मा सरकारको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिँदैछ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
राष्ट्रपतिले सम्बोधन गर्ने बैठकमा दुवै सदनका सदस्यहरुलाई १५ मिनेट अगाडि (दिउँसो ३:४५ बजे) नै उपस्थित भएर आ-आफ्नो स्थानमा बसिसक्न भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।