काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद् बैठक बसेको हो।
शुक्रबार दिउँसो ४ बजे बस्ने संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिँदैछ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइने छ। मन्त्रिपरिषद्बाट पारित भएको मस्यौदा राष्ट्रपतिले संसद्मा वाचन गर्नेछन्।
राष्ट्रपतिले सम्बोधन गर्ने बैठकमा दुवै सदनका सदस्यहरुलाई १५ मिनेट अगाडि (दिउँसो ३:४५ बजे) नै उपस्थित भएर आ–आफ्नो स्थानमा बसिसक्न भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।