काठमाडौं– प्रधानमन्त्रीलाई सोध्न तयार भएको प्रश्न कसरी आउट भयो? भन्ने प्रश्न उठेको छ। नेकपा एमालेका सांसद रघुजी पन्तले यस्तो प्रश्न सोधेका हुन्।
‘प्रश्नपत्र कसले आउट गर्यो। यो कसरी सार्वजनिक सञ्चार माध्यममा आयो,’ उनले प्रश्न गरे, ‘अन्य प्रश्नपत्र झै यो पनि आउनु हैन। यो रोकिनुपर्दछ।’
प्रश्नपत्र आउट भएको प्रश्न उठेपछि प्रधानमन्त्रीले यस विषयमा केही समय अघि छलफल पनि भएको बताए। उनले प्रश्नमात्र सार्वजनिक भएको हो कि उत्तर पनि भनेर आफूले सोधेको बताए।
पन्तले प्रश्न सुरु गर्नुअघि प्रधानमन्त्रीको प्रशंसा पनि गरेका थिए। ‘प्रधानमन्त्रीसँग छलफल गर्न पटक–पटक आग्रह गरियो। आज धेरै पछि देखिएको छ। आँखालाई भ्रम परेको हो कि ‘ह्यान्डसम’ हुनु भएको छ। प्रधानमन्त्री खाइलाग्दो हुनु भएको छ। नेपाली जनतालाई पनि खाइलाग्दो देखिनु भएको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।