काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार सम्बन्धी ठूला-ठूला काण्डहरुको छानबिन गर्न सरकार गम्भीर भएर लागेको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद अमेरशकुमार सिंहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
‘सबै ठूला-ठूला भ्रष्टाचार काण्ड होस् वा हत्या काण्डहरुको छानबिन गर्न सरकार गम्भीर रुपले अघि बढेको छ,’ प्रधानमन्त्रीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।