काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकान्डको नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका छन्। प्रभु साहले गौर हत्याकान्डको छानबिनबारे संसदमा उठाएको प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन्।
उनले भने, 'गौर लगायत अरु जघन्य हत्याकान्ड नयाँ शिराबाट छानबिन हुनुपर्छ। गौर मात्रै नभई दरबार हत्याकान्डको नयाँ शिराबाट छाबिन हुनुपर्छ। मदन-आश्रितका बारेमा नयाँ शिराबाट छानबिन थाल्नुपर्छ।'
छानबिनका लागि सबै दल एक ठाउँमा उभिएर उपयुक्त बाटो पहिल्याउनुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।