काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा मात्र नभइ अन्य सबै भ्रष्टाचारमाथि छानबिन हुने दाबी गरेका छन्। उनले चौतर्फी भ्रष्टाचारले देश अप्ठारो ठाउँमा जान लागेकोले सरकार यी सबै भ्रष्टाचारमा छानबिनका लागि पनि अघि बढेको दाबी गरे।
प्रधानमन्त्री प्रचण्डले राजनीतिक दललाई अवसर पनि भएको भन्दै देशमा सुशासन र समृद्धिको एउटा अवसर भएकाले यो गुम्न नदिन उनले सबै दलहरुलाई अपिल गरे।
‘भ्रष्टाचारलाई कुनै पनि छुट दिइनुहुँदैन। सबै भ्रष्टाचार अन्त्य गर्ने दृढ इच्छाका साथ अघि बढेका छौं,’ उनले भने, ‘नक्कली भुटानी शरणार्थीलाई मात्रै होइन। अन्य तमामा ठूला घटनाको छानबिन गर्ने र सम्पत्ति शुद्धीकरण र राजस्वमा भएका ठूला चलखेल र पुँजी बजारको सेटिङ भत्काउने गरि छानबिन हुन्छ।’ प्रधानमन्त्री प्रचण्डले आवश्यक परे विद्यमान ऐनहरुलाई संशोधन गरेर अघि बढ्नु पर्ने उनले बताए।
‘देश अप्ठ्यारोमा पर्नुको कारण संस्थागत भ्रष्टचार हो। अपिल छ हामीलाई आफूलाई सच्याउने अवसर छ,’ प्रधानमन्त्रीले भने, ‘भ्रष्टाचार र विकृतिका विरुद्ध नयाँ अभियानको थालनी गरेर लोकतन्त्र र गणतन्त्रका लागि शुसानका लागि राम्रो व्यवस्था हो भन्ने बनाउने अवसर छ।’
प्रधानमन्त्रीलाई सांसद सर्वेन्द्रनाथ शुक्लाले नक्कली शरणार्थी प्रकरणमाथि भइरहेको अनुसन्धान बारेमा प्रश्न गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।