काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली प्रहरीको अनुसन्धानलाई हस्तक्षेप नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता जनाएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद मेटमणि चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले उक्र कुरा जनाएका हुन्।
‘सबैभन्दा बढी चर्चामा रहेको संवेदनशील विषय हो। प्रमाणका आधारमा दोषी देखिएका कसैलाई बाँकी राख्ने छैन। नेपाल प्रहरीको व्यवसियक र निष्पक्ष अनुसन्धानमा कुनै हस्तक्षेप गरिने छैन र गर्न दिइने छैन,’ प्रधानमन्त्री प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।