काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीलाई प्राथमिकता दिँदै रोजगारी सिर्जना गर्ने सरकारको प्राथमिकता रहेको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री-सांसद प्रश्नोत्तर कार्यक्रममा एमाले सचेतक पदम गिरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
‘विदेशी लगानीलाई प्राथमिकता दिँदै उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना सरकारको प्रथामितामा छ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘विदेशी प्रोत्साहन गरी स्वदेशी उत्पादकत्वमा वृद्धि गर्ने सरकारको प्राथमिकतामा छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।