काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सकारात्मक सुधारका संकेतहरु देखा परेको दाबी गरेका छन्। प्रतिनिधि सभा बैठकमा एमाले सांसद पदम गिरीले सोधेको प्रश्नमा जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन्।
वित्तीय र मौद्रिक नीति जस्ता कार्यक्रम सुधार गरी सरकार समष्टिगत आर्थिक सुधारमा प्रयासरत गरेको उनले दाबी गरे। सरकारी खर्चमा मितव्ययिता कायम गरी राजश्वको दायरा वृद्धि गर्ने पनि उनले बताए।
प्रधानमन्त्रीले अवैध कारोबारलाई कडाइ गर्ने नीति लिएको भन्दै सरकारको यो नीतिको सकारात्मक संकेत देखा परेको बताए। उनले वित्तीय हस्तान्तरणको समस्या समाधान गर्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।