काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भएर प्रश्नोत्तर गर्ने कार्यसूची तय भएको प्रतिनिधि सभाको बैठक ११ बजे सुरु हुने कार्यसूची तय भए पनि दुई घन्टा ढिलो सुरु भएको छ।
सांसदहरुले मंसिर ४ को निर्वाचनपछि पहिलो पटक प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर गर्दै थिए। त्यसका लागि सांसदहरुले प्रश्न समेत बुझाएका छन्। तर बैठकमा प्रश्न सोध्ने विषयमा कुरा नमिलेपछि सुरु हुन ढिलाइ भएको हो।
कार्यसूचीमा स्वतन्त्र र एक मात्र सांसद रहेका दलमध्ये एक जनाले मात्र प्रश्न सोध्न पाउने भएपछि स्वतन्त्र सांसदहरुले विरोध गरेका थिए।
स्वतन्त्र रुपमा प्रतिनिधि सभामा सांसद भएका अमरेशकुमार सिंह, प्रभु शाह, चित्रबहादुर केसी र प्रेम सुवालमध्ये एक जनाले मात्र प्रश्न सोध्न पाउने कुरा सभामुख देवराज घिमिरले जानकारी कार्य व्यवस्थामा गराएका थिए। तर स्वतन्त्र सांसदहरुले आफूहरुले पनि संसदमा प्रश्न सोध्न समय पाउनुपर्ने नत्र विरोध गर्ने बताएपछि बैठक समयमा सुरु हुन नसकेको हो। सभामुखले समय उपलब्ध गराउने सहमति गरेपछि बैठक सुररु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।