काठमाडौं- राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन छलफल गर्ने कार्यसूची तय गरेको छ। राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठकले तीन दिन छलफल गर्ने निर्णय गरेको हो।
सरकारले शुक्रबार संघीय ससदमा नीति तथा कार्यक्रम पेस गर्दैछ। राष्ट्रिय सभाले जेठ ७, ८ र ९ गते छलफल गर्ने छ।
छलफलपछि ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची राष्ट्रिय सभाले तय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।