• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

लोकतन्त्रको अर्थ नै परिवर्तन भइरहेको छ

हरि शर्मा बिहीबार, जेठ ४, २०८०  २०:५६
1140x725

नेपालको राजनीतिक परिदृश्य निकै चलायमान छ। बेग्लै गतिमा चलिरहेको छ। तर अहिले हामी यस्तो चुनौतीपूर्ण अवस्थामा छौं, अहिलेको दृष्टिकोणबाट हेर्दा कुनै पनि स्थापित सैद्धान्तिक धरातलले यसलाई विश्लेषण गर्न सक्दैन।

किनभने, पढ्ने मान्छे, कुरा गर्ने मान्छे, छलफल गर्ने मान्छेमा तथ्य बेगर, मान्यताको आधारमा तर्कहरु बनिरहेका छन्। यस्तो अवस्थामा कसरी त्यसलाई मापन गर्ने? 

व्यापार गर्ने मान्छेले बरू भविष्यलाई अन्दाज गर्नसक्दो रहेछ। उसले मानिसहरुको मान्यता र चाहा हेर्दो रहेछ। राजनीतिमा पनि आजभोलि सर्भेक्षण गरेर, ‘ओपनियन पोल’ खडा गरेर कसले के चाहन्छ भन्ने कुरा यकिन गर्न सक्ने भए। तर हामीले आजसम्म गरिरहेको विधिशास्त्रले पहिले भइसकेको कुरा हेर्नेछ। कताकता एतिहासिक विश्लेषण हामी गर्न सक्छौँ। तर यस्तो अवस्थामा सन्निकटको उदाउँदा विषयमा कुरा गर्न भने भविष्यवेत्ताहरुलाई गाह्रो छ। 

कहाँबाट हेर्ने त?
नेपालको सन्दर्भमा प्रवेश गर्न हामीलाई केही सैद्धान्तिक धरातल चाहिन्छ। हामी सैद्धान्तिक धरातल बिनाको परिवेशमा उभिएका छौँ भन्दाभन्दै पनि यसलाई हेर्नको निम्ति कुनै न कुनै किसिमको सैद्धान्तिक धरातलमा आफूलाई उभ्याउनु त पर्‍यो। जहाँ उभिएर तपाईं विश्लेशण गर्नुहुन्छ। त्यसका लागि तपाईंसँग सन्दर्भ हुन्छ या त तथ्यांक हुन्छ वा भाष्य हुन्छ।

म निर्वाचनमा काम गर्ने मान्छे होइन। तर मेरो समाजमा एउटा यस्तो निर्वाचन भयो कि अन्य निर्वाचनहरुभन्दा फरक भयो। 

परम्परागत रुपमा हेर्ने हो भने उपनिर्वाचनको खास अर्थ छैन भन्ने मान्यता छ। हारे पनि जिते पनि संसद्को उपस्थितिलाई खासै फरक पार्दैन भन्ने मान्यता छ। केही कारणले संसदीय क्षेत्र रिक्त हुन्छन् र पुन: उपनिर्वाचन हुन्छ।  

तर, हाम्रोमा पछिल्लो उपनिर्वाचन भने केही कारणले फरक हुन पुग्यो। एउटा त जो पछिल्लो निर्वाचमा निर्वाचित भएको व्यक्तिमाथि कानुनी प्रश्न उठेपछि रिक्त भएको स्थानमा पुन: सोही व्यक्ति प्रतिस्पर्धा गर्न गयो र त्यसले चर्चा-परिचर्चा भयो।  

अर्को, रामचन्द्र पौडेल राष्ट्रपति भएपछि सिट खाली भयो। उनी राष्ट्रपति नभइदिएको भए त्यो सिट पनि खाली हुँदैनथ्यो। त्यो सिटमा पनि कुनै एक जना महत्वाकांक्षी युवा निर्वाचन लड्न गए। उनले के भनेर गए भने कुनै पनि हालतमा मेरो उमेर पनि कम छ, त्यो पाउनुपर्छ। उनलाई सघाउन त्यहाँ एउटा समूह र वर्ग तयार थियो।  भनेपछि कतिपय कुरा यो परिस्थितिले सिर्जना गर्ने गर्छ।  

Ncell 2
Ncell 2
nimb
nimb

अहिले हामी एउटा अनौठो समयमा छौँ। कसैले यसलाई लोकप्रियतावादी (पपुलिज्म) या कसैले के भन्छन्। तर यसलाई पपुलिज्मभन्दा तपाईंहरुले बुझ्नुहुन्छ। 

यसको आधार पनि जनादेश नै हो। कुनै पनि तरिकाले शक्ति प्राप्त गर्नु हो। तर लोकतन्त्रले पनि  पपुलिस्ट नेताहरु संसारभरि जन्माएको देखेका छौँ।  वरपर, छिमेकीमा जताततै छ। तर त्यसको विपरीत कुरा के हो भने संवैधानिक लोकतन्त्र हो। यसमा ‘चेक एण्ड ब्यालेन्स’ हुन्छ। यसमा अल्पसंख्यकको अधिकारको सुनिश्चितता हुन्छ। भोट हाल्ने र भोटबाट आएको मान्छे पनि सर्वोच्च हुँदैन। किनभने, उसले पनि शक्तिको दुरुपयोग गर्न सक्दैन। 

तर, हामीले यहीँ भारतमा देखिरहेका छौँ। त्यहाँ स्थापित संरचनाहरु भत्किँदा-भत्किँदै गएका छन्। पछिल्लो पटक त्यहाँको सर्वोच्च अदालतको एउटा फैसला नै छ। त्यहाँ के भनिएको छ भने, जतिसुकै जनअनुमोदित भएर आए पनि संविधानका आधारहरुलाई भत्काउन नपाउने र जुन मान्यता र आधारहरुमा संविधान बनेको छ, त्योमार्फत मात्र शासन गर्नु पर्नेछ।

त्यसकारण, संवैधानिक लोकतन्त्र र पपुलिस्ट लोकतन्त्रबीच द्वन्द्व छ। पपुलिस्टहरुले के गर्छन् भने, संवैधानिक लोकतन्त्रमार्फत निर्वाचनद्वारा आफूलाई अनुमोदन गर्छन्। साधन-स्रोत र व्यक्तित्वको परिचालनबाट त्यही संवैधानिक संरचनाहरुलाई दुर्बल बनाउने काम गर्छन्। तर हामीलाई संवैधानिक लोकतन्त्र पनि अबलम्वन गर्न गाह्रो भयो। किनभने, यसमा अफ्ठ्यारा कार्यविधिहरु छन्। कानुन बनाउन समय लाग्छ। न्याय पाउन समय लाग्छ। मान्छेलाई हतार भइराछ। यो हतारोको राजनीति के हो? तर  हिजोको समय धिमा थियो भन्ने हैन। 

अहिलेको राजनीतिलाई हस्तक्षेप गर्ने तत्व भनेको प्रविधिको रुपान्तरण हो। प्रविधिकै कारण ‘टाइम एण्ड स्पेस’ खुम्चियो। मलाई के थाहा छ भने, मेरो बुवाहरूले २०१५ सालको निर्वाचनमा एकदमै मिहिनेत गर्नुभएको थियो। पार्टीको सेक्रेटरी हुनुहुन्थ्यो। उहाँहरू भन्नुहुन्थ्यो, मान्छेहरूलाई मत गन्न महिनौँ लागेको थियो। 

अब अहिले संसारमा कहाँ के भइरहेको छ भन्ने कुरा तपाईंलाई तात्तातै आउँछ। तपाईंमा धैर्यता नै छैन। तात्तातै तपाईंलाई कुरा गर्नुपर्ने हुन्छ। हामी यसमा अभ्यस्त छैनौँ जस्तो लाग्छ मलाई। हामीलाई चाँडो चाहिएको छ। होला आगामी दिनमा सबै कुरा चाँडै चाहिएला। छिट्टै गर्नुपर्ने होला। 

पछिल्ला घटनाहरु हेरौँ। जस्तो, हिजो कोही मान्छे पक्राउ पर्दा हात हल्लाउँदै गयो, हामीले त्यसलाई देख्यौँ। हामीले आफ्नो-आफ्नो किसिमले त्यसलाई विवेचना गर्न थाल्यौँ। घरमा, डाइनिङ टेबलमा, सबै ठाउँमा त्यो मान्छेलाई लिएर चर्चा हुनुपर्थ्यो वा पर्दैनथ्यो? तर हामी गरिरहेका छौँ। हामी सूचनाबाट यति उत्साही भएका छौँ कि अन्य क्षेत्रका निर्वाचनलाई छोडेर त्यो दुई वटा क्षेत्रको निर्वाचनको यत्रो चर्चा गरिरहेका छौँ। 

हामी जसरी चर्चा गरिरहेका छौँ, त्यसले अहिलेको संसद्मा के फरक पार्‍यो? एकजना मान्छेलाई त्यहाँ पुर्यायो। अरू मान्छे पनि त्यहाँ पुगिराखेकै छन्। दुई जना मान्छेले संसद्मा पुगेर के फाइदा पुग्छ? त्यस्तो त छैन। रवि लामिछानेको हकमा पार्टीको सभापति भएको हुनाले केही फरक पार्न सक्छ। तर त्यहाँ पनि मैले ठूलै किसिमको मन्थन, चर्चा-परिचर्चा देखेको छैन।  

त्यस कारण हामी कस्तो समयमा छौँ? कस्तो किसिमको विश्लेषण सम्भव छ भन्ने कुरा चाहिँ चासोको विषय हो। र, यो विकसित घटनाक्रमलाई कसरी हेर्ने त?

अहिले पनि हामीले राजनीतिलाई तमासाको रूपमा देखिरहेका छौँ। यो हाम्रो दिनानुदिनको प्रक्रिया गर्नेदेखि लिएर मान्छेलाई राजनीतिक प्रक्रियामा सहभागिता जनाउन नैतिकता चाहिन्छ भन्ने पश्चिमा दर्शनको पुरानो मान्यता हो। यता, राजनीतिमा सहभागिताका लागि समानता हुनुपर्छ भन्ने आजको समयको कुरा हो। अहिले यी दुई एक अर्कोको विपरीतमा छन्। अन्ततोगत्वा, नेतृत्वमा नैतिकता र समानता हुनुपर्छ भन्दाभन्दै भीडको तहमा पुगेका छौँ। त्यसकारण, लोकतन्त्रको अर्थ परिवर्तन भइरहेका छ। 

यो सारा राजनीतिप्रति हाम्रो अनायास आकर्षण बढ्नुको पछाडि र त्यसले हाम्रा कुण्ठाहरूलाई अलिअलि कुत्कुत्याइदिने प्रवृत्ति बढाएको छ। त्यसलाई हामीले बुझ्न जरूरी छ। त्यो भन्नुको अर्थ, राजनीतिमा पात्रको ठूलो भूमिका हुन्छ। 

नयाँ राजनीतिक शक्तिका रुपमा आएका पात्रहरुलाई हेरौँ न। उनीहरुले केलाई प्रतिनिधित्व गर्छन्? एकथरी भन्लान्, उनले हाम्रा आकांक्षाहरुको प्रतिनिधित्व गर्छन्। अर्कोथरी विदेश गएर आएको भन्छन्। यहाँ कतिपय साथीहरू भन्नुहुन्छ। बडा मिहिनेत गरेर, कति गरेर, ऋण तिरेर, के-के गरेर आएको भन्दियो, हामी सबै ताली बजाउँछौँ। तमासा त हो। त्यो तमासा सुरु-सुरुमा हामी काठमाडौँ पढ्न आउँदा रत्नपार्कमा औषधि बेच्ने चटकेले गर्थ्यो। तीन जना हुन्थे। गीत गाउँथे। मजाले गीत गाउँथे। हामी बदाम खाँदै त्यहाँ यसो कुन चाहिँ नेता कता जान्छ भनेर हेर्न बस्थ्यौँ। त्यहाँतिर तीन जनाले राम्रै लोक भाकामा गीत गाउँथे। हामी लाम लागेर बस्थ्यौँ। 

त्यो तमासालाई हामी रूचाउँछौँ। राजनीति तमासा पनि हो। त्यही भएर राजनीतिमा हामी जति तर्क, संगतिपूर्ण  विमर्शका कुरा गर्छौँ, अन्तर-कुन्तर तमासा पनि एउटा महत्वपूर्ण पक्ष बनेर बसेको हुन्छ। त्यही भएर हामी जुलुस गर्छौँ। नाराबाजी गर्छौँ।  त्यसले कुनै न कुनै रूपमा अपिल गर्छ। घर फर्केर आउँदा अन्त्यमा त्यसले एकछिनको मजा बाहेक खासै केही दिँदैन। किनभने, त्यसले दिनानुदिनको कुरामा हामीलाई कति असर गर्छ?

त्यही भएर हाम्रो चुनावको माहोल पनि रमाइलो छ। मान्छेहरु लामबद्ध भएर जान्छन्। उत्सवको माहोल हुन्छ। त्यही भएर राजनीतिलाई हामीले हेर्ने दृष्टिकोण कस्तो रह्यो भने यो हाम्रो जीवनको महत्वपूर्ण निर्णय गर्ने हो भन्दा पनि हामीले यसलाई तमासाको दृष्टिकोणमा हेर्छौँ। किनभने, भर्खर-भर्खर सिक्दैछौँ जस्तो लाग्छ मलाई। 

किन भोट हाल्ने? भोट हालेर के हुन्छ?  प्रश्न कसरी गर्ने? भन्दा पनि अहिले पपुलिस्ट राजनीति र सामाजिक सञ्जालले महत्वकांक्षी बनाएको छ।

अहिले, हामी कोही पनि सन्तुष्ट छैनौं। हामी सबै असन्तुष्ट नहुने समयको राजनीति हो। मान्छे कहिले सन्तुष्ट थियो? भनेर सोध्नु होला। तर त्यो धिमा गतीमा थियो। हेर्ने, देख्ने समय थियो। त्यी भएर मैले ‘टाइम र स्पेस’ खुम्चिएको कुरा गरेको हुँ।

अमेरिकामा ट्रम्प र भारतमा मोदी आएपछि प्रेसको माध्यम परिवर्तन भयो। उनीहरुले जनतासँग प्रत्यक्ष संवाद गर्छौँ भने। ट्विटरमा लेखेपछि लाखौँ मान्छेहरुमा एकैचोटि पुग्न सक्यो। उसलाई माध्यम चाहिएन। स्थापित सञ्चारमाध्यमहरु असान्दर्भिक हुँदै गए। अहिलेका नयाँ भनिएकाहरु पनि केका लागि राजनीति गरिरहेका छन् भन्ने स्पष्ट छैन। 

आउनलाई हामी डेलिभरी गर्छौं भनेर आएका छन्। काठमाडौँमै पनि डेलिभरी दिने भनेर एकजना आए। चस्मा खोलेकै छैन। बोल्दै बौल्दैनन्। के हो? रहश्यमय छ।

अहिलेको समयमा हामीले जुन लोकतन्त्रको कल्पना गरेका छौँ, त्यहाँ मान्छेहरू देखिनुपर्छ। कुरा गर्नुपर्छ। संवाद गर्नुपर्छ। हामीकहाँ त एकातिर हौवा गर्ने, ठूला-ठूला कुराहरु संप्रेषण गर्ने राजनीतिक नेतृत्व छ भने अर्कोतिर बोल्दै नबोल्ने नेतृत्व छ। 

राजनीतिमा वाकपटुता र सञ्चारको ठूलो सम्बन्ध छ भनिन्थ्यो पहिला। हामीहरूले पढ्दाताका पनि। सहभागिता केबाट हुन्छ भन्दा भाषण र शब्दबाट हुन्छ भनिन्थ्यो। व्यक्त गर्ने स्थानहरुको विषयमा हामी कुरा गर्थ्यौं। तर अहिले ‘टाइम र स्पेस’ को संकुचन र प्रविधिको कारणले जहाँ, जतिखेर जसरी पनि छलफलहरु गर्नुपर्ने भएको छ।  

यसकारण अहिलेको राजनीतिलाई कसरी अध्ययन गर्ने भन्ने विधिकै अभाव रहेको देख्छु म। वर्तमान राजनीति जसरी विकसित भइरहेको छ, अहिले तीव्र रुपमा परिवर्तन भइरहेको छ। त्यसलाई कसरी बुझ्ने भन्ने विधिमा चुनौती छ भन्ने लाग्छ।

यो उपनिर्वाचनमा ठ्याक्कै कति भोटर कता गए, के गरे, मुद्दा के थियो भन्ने एउटा हुन सक्छ। तर राजनीतिलाई, समाजको परिवर्तनलाई अध्ययन गर्नको निम्ति हामीले नयाँ विधिको विकास गर्नुपर्छ। यो चाहिँ मलाई लागेको चुनौती हो। 

राजनीतिलाई तमासा भन्दा हाँस्नु भयो। त्यसो भन्नुका कारणहरु प्रशस्त छन्। जस्तै,  पहिला-पहिला जितेपछि माला लगाउँथे। अहिले चुनावी सभामै माला लगाउन थालेका छन्। जाँदा नै म जित्छु भन्ने आत्मविश्वास हो कि अथवा म तेरो नजिक छु भनेको हो?  मालाको अर्थ विजय माला हुन्थ्यो। अहिले अबिर माला पहिले नै लगाउन थालिसक्या छ। 

अब हेर्नुपर्ने भयो, हाम्रो नेपाली समाजको महत्वाकांक्षालाई केले प्रतिबिम्वित गर्छ भनेर। हिजोको समयमा नामको पछाडि उपनाम लगाउँदा आधुनिक भइन्थ्यो। कविता, निबन्ध लेख्दा आधुनिक भइन्थ्यो। त्यो समयको संवेदनशिलताको समय थियो भने आजको समयमा त्यो संवेदनशिलता कहाँबाट आएको छ? कुन किसिमको सामाजिक, राजनीतिक र आर्थिक असुरक्षाबाट आएको छ?  यसैले मैले यो उपनिर्वाचनको अर्थ, असुरक्षाबीच सुरक्षाको खोजीको रूपमा बुझेको छु। मान्छेले जहिले पनि स्थायी राजनीतिक दिशा खोज्दोरहेछ। 

हाम्रोमा मत परिवर्तन हुने खासै थिएन। अब मलाई लाग्छ, विस्तारै नेपाली राजनीतिमा ‘स्विङ भोटर्स’ हरू, स्वतन्त्र भोटर्सहरू आउँछन्। कति सम्भव छ, छैन भन्न सकिँदैन। किनभने, अझै पनि मतको सम्बन्ध परिवारसँग छ। अहिले पनि परिवारले जता भन्यो त्यतै भोट हाल्ने भन्छन्। तर अहिले मान्छेहरू पढ्न थाले, बाहिर जान थाले, उनीहरूको आफ्नै असुरक्षाले पनि त्योतर्फ जान्छ कि भन्ने लाग्छ। 

अन्त्यमा, केही नयाँ मान्छे संसद्मा गएपछि मैले राम्रै काम भइरहेको देखिराख्या पनि छु। तर त्यो पार्टीको धारणा हो कि होइन भन्ने कुरामा द्विविधा छ। सामूहिक सोच कहाँबाट आउँछ त भन्दा व्यक्तिहरुबाट मात्र आउँछ कि? नेतृत्वको दृष्टिकोणबाट आउँछ कि?  तर नयाँ भनिएकाहरुको नेतृत्वको दृष्टिकोणबाट हेर्दा अझै पनि आश्वस्त हुने समय छैन। तर मान्छेको दौड त्यतैतिर छ।  यसकारण मेरो विश्लेषण पनि द्विविधाग्रस्त समयमा द्विविधाग्रस्त छ। 

(मार्टिन चौतारी र डेमोक्रेसी रिसोर्स सेन्टर नेपालद्वारा संयुक्त रूपमा आयोजित डेमोक्रेसी डायलगको नियमित शृंखला अन्तर्गत ‘संसदीय उप-निर्वाचन २०८०: सामाजिक-राजनीतिक अर्थ’ शीर्षक छलफलमा राजनीतिशास्त्री शर्माद्वारा व्यक्त विचारको सम्पादित अंश।)

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  २०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्