काठमाडौं– प्रतिनिधि सभा गठन भएको झन्डै ६ महिनापछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ। प्रतिनिधि सभाको बिहीबारको सम्भावित कार्यसूचीमा सो विषय उल्लेख छ।
‘सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले माननीय सदस्यहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने,’ प्रतिनिधि सभाको बिहीबारको सम्भावित कार्यसूचीमा भनिएको छ।
प्रतिनिधि सभा नियमावली, २०७९ मा प्रधानमन्त्री र निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने उल्लेख छ।
प्रश्न सोध्न इच्छुक सदस्यहरुले आफ्नो प्रश्नको लिखित जानकारी बैठक प्रारम्भ हुनुभन्दा ३ दिन अगावै सभामुखलाई गराउनुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।