• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ८, २०८३ Tue, Nov 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विकास माग्दै सत्तापक्षकै सांसद पाँच दिनदेखि अनसनमा, सीडीयो भन्छन्–‘केन्द्रलाई पत्राचार गरेका छौं’

64x64
नेपाल लाइभ बुधबार, जेठ ३, २०८०  १८:३६
1140x725

काठमाडौं– बर्दिया–१ का संघीय सांसद एवं पूर्वमन्त्री सञ्जयकुमार गौतम अनसन बसेको पाँचौ दिन भएको छ। सत्तापक्षकै सांसद गौतमले विभिन्न १५ बुँदे माग राख्दै अनसन बसेका हुन्।

बर्दिया जिल्लाको सदरमुकाम गुलरियानजिकै बबई नदीमा बन्दाबन्दै भत्किएको जब्दीघाटस्थित पुलमुनि वैशाख ३० गतेदेखि सांसद गौतमले आमरण अनसन थालेका हुन्। अनसनरत सांसद गौतमले जब्दीघाटको पुल तत्काल निर्माण गरिनुपर्ने माग राखेका छन्।

वैशाख ३० गते जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष बर्दियाको विकास र यहाँका जनताका जनजीविकासँग सम्बन्धित विभिन्न १५ बुँदे माग राख्दै अनसन सुरु गरेका थिए। तराईको चर्को गर्मी, बालुवासहितको तातो हावाको प्रवाह नगरी बगरमा बसिरहेका सांसद गौतमको स्वास्थ्य अवस्था दिन–प्रतिदिन कमजोर हुँदै गएको छ। वरिपरि सर्वसाधारण दैनिक रूपमा रिले अनसनमा बसेर उनलाई सघाइरहेका छन्। 

‘हाम्रो बर्दिया बचाऔं, समुन्नत बर्दिया बनाऔं’ भन्ने मूल नारासहित नदीकिनारमा उनी आमरण अनसन बसेका हुन्। उनी उक्त क्षेत्रबाट तेस्रो पटक निर्वाचित भएका हुन्। पछिल्लो आमनिर्वाचनमा उम्मेदवार हुँदा पनि गौतमले बर्दियाका नागरिकसमक्ष समृद्ध बर्दियाको नारा दिएको तर सरकारका कारण काम गर्न नसकेको भन्दै अनसन बसेका हुन्।

२०७४ सालमा बर्दियामा आएको भीषण बाढीका कारण बबई नदीमा निर्मित पुल भासिएपछि निर्माण भएको छैन। तत्कालीन समयमा यो पुल पप्पु कन्सट्रक्शनले बनाएको थियो। पुल भासिँदा बारबर्दिया नगरपालिका र पूर्व–पश्चिम राजमार्गसँग सदरमुकाम गुलरियाको आवागमन सम्पर्क अवरुद्ध भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सो पुलले बाँधको काम गर्ने भएकाले वर्षात्‌मा नदीको प्रवाह बस्तीतिर सोझिने हुँदा नदी तटीय क्षेत्रका बासिन्दा असुरक्षित छन्। त्यसको तत्काल व्यवस्थापन गर्नुपर्ने र पुलको निर्माण अविलम्ब सुरु गर्नुपर्ने सांसद गौतमको माग छ।

त्यसैगरी बर्दियामा रहेका कर्णाली, ओराही, आम्वासा, मानखोलालगायतका नदीको कटान नियन्त्रणका लागि तटबन्धनको व्यवस्था गर्नुपर्ने, बाढी पीडितलाई भूकम्प पीडितसरह राहत र अनुदान दिनुपर्ने, पूववर्ती सुशील कोइरालाको नेतृत्वको सरकारले गरेको निर्णयको कार्यान्वयन गरिनुपर्ने, निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्गलगायतका क्षेत्रमा जंगली जनावरबाट आम जनता असुरक्षित रहेकोले जनताको जिउधनको सुरक्षाको प्रबन्ध गरिनुपर्नेलगायतका माग छन्।

राजापुर सिँचाइ परियोजनाको दोस्रो चरणको कार्यको थालनी गरिनुपर्ने, भूमिहीन सुकुम्वासीको समस्या हल गरिनुपर्ने, किसानरुलाई समयमै मल तथा बीउबिजन उपलब्ध गराई कृषि उपज बजारीकरणको व्यवस्था गरिनुपर्ने, बर्दियामा एक कृषि पोलिटेक्निक स्थापना गरिनुपर्ने, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना तीन वर्षमा पूरा हुने गरी बजेटको सुनिश्चितता गरिनुपर्नेजस्ता माग पनि सांसद गौतमले राखेका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नागरिकका समस्या संसद्‌बाट सम्बोधन हुन नसकेपछि सांसद नै सडकमा आएको घटना आफैंमा नौलो र रोचक मानिएको छ। सम्भवतः आफ्ना नागरिकका सामु आफूले गरेको वाचा पूरा गराउन जनप्रतिनिधि आमरण अनसनमा बसेको यो पहिलो घटना हो। अनसनरत सांसद गौतम हालसम्म अनसनमै रहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायाणप्रसाद रिसालले बताए।

उनको माग अनुसार अनसन सुरु भएपछि सडक विभागले स्थलगत अध्ययन गरेर पुल निर्माण अघि बढाउने प्रतिबद्धता गरेर नयाँ क्षेत्रमा पुल निर्माणको कार्य सुरु भएको पनि रिसालले बताए। त्यस्तै उनका अन्य माग पनि भएकाले त्यसलाई पूरा गर्नका लागि आफूहरुले केन्द्रमा लेखेर पठाएको र हालसम्म कुनै जवाफ नआएको प्रजिअ रिसालको भनाइ छ। 

केन्द्रबाट मागको सम्बोधनमा निर्देशन आएपछि आफूहरुले अनसन अन्त्य गराउनेदेखि अन्य कार्य गर्ने उनले बताए।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पक्राउ गर्न हतकडी लिएर आउन सरकारलाई गगनकाे चुनाैति
महिला क्रिकेटमा आर्मीको विजयी सुरुवात, कोशी प्रदेश ६ विकेटले पराजित
लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति
सम्बन्धित सामग्री
पक्राउ गर्न हतकडी लिएर आउन सरकारलाई गगनकाे चुनाैति मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा थापाले कुनै पनि अनुसन्धानमा पार्टीले अवरोध नगर्ने स्पष्ट... मंगलबार, मंसिर ८, २०८३
सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द भए मधेस आन्दोलित हुन्छ : सांसद झा बैठकमा नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारसम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि पनि छलफल भएको थ... मंगलबार, मंसिर ८, २०८३
अमरेश कुमार सिंहको नेतृत्वमा जारी मेची–महाकाली पदयात्रा सिरहा प्रवेश सांसद सिंहको नेतृत्वमा जारी पदयात्रामार्फत विभिन्न क्षेत्रका नागरिकसँग भेटघाट तथा अन्तरक्रिया गर्दै उनीहरूका विचार र समस्याबारे जानक... मंगलबार, मंसिर ८, २०८३
ताजा समाचारसबै
पक्राउ गर्न हतकडी लिएर आउन सरकारलाई गगनकाे चुनाैति मंगलबार, मंसिर ८, २०८३
महिला क्रिकेटमा आर्मीको विजयी सुरुवात, कोशी प्रदेश ६ विकेटले पराजित मंगलबार, मंसिर ८, २०८३
लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति मंगलबार, मंसिर ८, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
बंगलादेश फर्कन शेख हसिनाले मागिन् सरकारसँग राष्ट्रिय ध्वजावाहक विमान मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्