काठमाडौं– नेपालस्थित संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जारवान अलशाम्सीले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गरेका छन्।
परराष्ट्रमन्त्री साउदलाई भेट्न राजदूत परराष्ट्र मन्त्रालय पुगेका थिए। उनीहरुबीच बुधबार भेटवार्ता भएको हो।
उक्त भेटमा नेपाल–यूएई सहयोगलगायत आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।