काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले कांग्रेस सहर केन्द्रित भएको आरोप लगाए। बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले पूर्वप्रधानमन्त्री स्व गिरिजप्रसाद कोइराला रहुन्जेलसम्म गाउँ–गाउँमा पुगेर पार्टीका कुराहरु बुझ्ने प्रचलन भए पनि अहिले बिस्तारै हराउँदै गएको बताए।
उनले अहिले केन्द्रीय समितिमा धेरै सदस्य रहे पनि त्यसको सही सदुपयोग हुन नसकेको बताए। निर्वाचनका बेला आधा मात्रै केन्द्रीय सदस्यहरु जिल्लामा खटाएको भए निर्वाचनको नतिजा अर्कै हुने उनको भनाइ छ।
उनले भने, ‘कांग्रेस शहर केन्द्रित मात्रै भयो। गिरिजाप्रसाद कोइरालाहरु गाउँ केन्द्रित हुनुहुन्थ्यो, केही समस्या भए उनी जिल्ला जिल्लामा जानुहुन्थ्यो, हामीलाई खटाउनुहुन्थ्यो। पहिला केन्द्रीय समितिमा ३०,३५ जना थियौं, अहिले बथानै हुनुहुन्छ, कम–सेकम आधालाई जिल्ला जिल्लामा खटाइदिएको कम्तिमा एउटामा दुई जना पुग्थे। अरु पार्टीका पार्टीका सदस्यहरु ग्रासरुट गरिरहेका छन्। तपाईंहरु यहाँ बसिरहनु हुन्छ।’
प्रथम राष्ट्रपति यादवले अरु पार्टीहरुले मिसन ग्रासरुट गरिरहँदा कांग्रेस भने सहरमा मात्रै केन्द्रित भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।