• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २५, २०८३ Thu, Jul 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शरणार्थी प्रकरणको जरासम्मै अनुसन्धान हुनुपर्छ, मुछिएका सबैलाई कारबाही हुनुपर्छ: गगन थापा

64x64
नेपाल लाइभ बुधबार, जेठ ३, २०८०  १३:५७
1140x725

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको अनुसन्धान जरासम्मै पुग्नुपर्ने बताएका छन्।

प्रजातान्त्रिक विचार समाजको महाधिवेशनमा सम्बोधन गर्दै बुधबार उनले दोषी सबैलाई कारबाही हुनुपर्ने बताए। ‘यो राजद्रोह, राष्ट्रविरुद्धको अपराधमा अनुसन्धान जरासम्म पुग्नुपर्छ। जो जो मुछिन्छ, सबैलाई कारबाही हुनुपर्छ। यसमा दायाँबायाँ, इफ बट केही पनि छैन,’ उनले भने।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। उनले आरोपित व्यक्ति स्वाभाविक रुपमा निलम्बनमा पर्नुपर्ने बताए। कांग्रेसभित्र खाणलाई निलम्बन गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा दुई थरी धारणा छ।

nimb
nimb
Ncell 2
Ncell 2

‘पार्टीको छलफलमा केही साथीको पोजिसन छ- हाम्रोमा यो परम्परा छैन। परम्परा छैन भने तोड्नुपर्छ। गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नुहुँदैन। यसलाई तोड्नुपर्छ,’ थापाले भने।

थापाले वाम पार्टीहरु कुनै पनि बेला मिल्न सक्ने सम्भावना रहेको बताए। ‘अहिले हामी फरकफरक ठाउँमा छौँ। गठबन्धनमा छौँ। अस्ति भर्खरै हामीले देखेकै हौँ, पुस १० गते। सबै वाम एक ठाम भन्ने कुरा कुनै पनि बेलामा हुनसक्छ फेरि। नेपाली कांग्रेसले यो हुनसक्छ भन्ने मानेर जानुपर्छ,’ उनले भने।

पछिल्लो समय लोकरिझ्याइँको राजनीति नेपाली संस्करणमा आएको उनको भनाइ छ। ‘लोकरिझ्याइँको राजनीतिको सबैभन्दा मुख्य कुरा हुँदोरहेछ, यसले के गर्ने भन्नेतिर यसले सोच्दोरहेनछ। के भन्नेतिर सोच्दोरहेछ। के भन्दा मान्छेको भावनासँग खेल्न सकिन्छ। के भन्दियो भने भावनासँग खेल्न सकिन्छ। न समाधान दिनुपर्ने हुन्छ। न कुनै उत्तर खोज्नुपर्ने हुन्छ। न कुनै परिणाम दिनुपर्ने हुन्छ,’ उनले भने।

थापाले लोकरिझ्याइँको राजनीति, वामहरु एक ठाउँ हुने सम्भावना र दक्षिणपन्थी ध्रुवीकरणको सम्भावनाका बीचबाट कांग्रेस आफू पनि जोगिएर, देशलाई पनि जोगाएर, आफ्नो समर्थन पनि कायम राखेर अगाडि जानुपर्ने बेला रहेको बताए।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १३:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृषि मन्त्रालयकाे १०० दिन: यस्ताे छ प्रगति विवरण(पूर्णपाठ)
कांग्रेसले भन्याे– हामी सरकार ढाल्न नभइ संविधानको बाटोमा हिँडाउन खोजिरहेका छौँ
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ
सम्बन्धित सामग्री
कृषि मन्त्रालयकाे १०० दिन: यस्ताे छ प्रगति विवरण(पूर्णपाठ) मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा मन्त्री गीता चौधरी र सचिव डा राजेन्द्र प्रसाद मिश्रले मन्त्रालयले यस अवधिमा हासिल गरेका प्रग... बिहीबार, असार २५, २०८३
कांग्रेसले भन्याे– हामी सरकार ढाल्न नभइ संविधानको बाटोमा हिँडाउन खोजिरहेका छौँ बिहीबार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको तर्फबाट बोल्दै नेपाली कांग्रेसकी सांसद हरिना देवी कामीले यस्ताे बताएकी हुन् । बिहीबार, असार २५, २०८३
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) अनुसन्धानका लागि बुधबार राति उनीहरूलाई पक्राउ गरेको हो । बिहीबार, असार २५, २०८३
ताजा समाचारसबै
कृषि मन्त्रालयकाे १०० दिन: यस्ताे छ प्रगति विवरण(पूर्णपाठ) बिहीबार, असार २५, २०८३
कांग्रेसले भन्याे– हामी सरकार ढाल्न नभइ संविधानको बाटोमा हिँडाउन खोजिरहेका छौँ बिहीबार, असार २५, २०८३
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ बिहीबार, असार २५, २०८३
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार २५, २०८३
आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान बुधबार, असार २४, २०८३
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार, असार २४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने बुधबार, असार २४, २०८३
सिभिल अस्पतालमा औषधि खरिदमा अनियमितता: ८ कर्मचारीविरुद्ध झन्डै ३ करोडको भ्रष्टाचार मुद्दा बुधबार, असार २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्