काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन्। बुधबार काठमाडौंमा मदन-आश्रितको ३१औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन सत्तामा मात्रै सीमित रहेको आरोप लगाए।
अहिलेको सत्ता गठबन्धनले राजनीतिलाई हलुका रुपमा लिइरहेको बताउँदै उनले नेपाली कांग्रेसलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने स्थितिमा पुगेको धारणा राखे। कांग्रेस किंकर्तव्यविमूढ भएको ओलीको आरोप थियो।
अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्न मात्रै गरिएको गठबन्धन भएको बताउँदै उनले वर्तमान गठबन्धन नीति, कार्यक्रम, उद्देश्यविहीन भएको दाबी दाबी गरे।
अहिलेको राजनीतिलाई जसरी अत्यन्तै हल्काफुल्का ढंगले लिइएको छ, मानिसहरुको लिन खोजिरहेका छन्, खासगरी सत्ताधारीहरुले, सत्ताधारी गठबन्धनले त्यो दुःखद् कुरा हो,’ उनले भने, ‘देशको परिस्थिति अत्यन्त गम्भीर छ। नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावाको। कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छोडिसक्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।