• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सरकारलाई सर्वोच्च अदालतको दुई झट्का

64x64
नेपाल लाइभ बुधबार, जेठ ३, २०८०  १९:३६
1140x725

काठमाडौं- सर्वोच्च अदालतले मंगलबार सरकारका दुई महत्वपूर्ण तयारीमाथि बन्देज लगाएको छ। सर्वोच्च अदालतको एकल र संयुक्त इजलासले दुई वटा मुद्दा मात्र किनारा लगाएन, सरकारको विवादित कार्यलाई पनि रोक लगाएको टिप्पणी कानुनका जानकारहरुले गरेका छन्। 

सर्वोच्चका यी दुई इजलासले एकै दिन गरेका दुई निर्णयले सरकारलाई ठूलो झट्का लागेको छ। सरकार सञ्चालनमै तनाव सिर्जना गर्ने गरी सर्वोच्चले दुई विवादित मुद्दामा आफ्नो निर्णय सुनाएको कानुनविद्हरुको टिप्पणी छ। 

सर्वोच्च अदालतले मंगलबार रेशम चौधरीको मुद्दामा अन्तिम फैसला सुनायो भने लडाकुलाई रकम वितरण गर्ने भनी सरकारले निर्माण गरेको कार्यविधिलाई पनि रोक लगाइदियो।  यी दुईमध्ये लडाकुलाई रकम वितरण गर्ने निर्णय जेठ ८ गतेसम्मका लागि रोकिएको छ भने चौधरीको मुद्दा किनारा नै लागेको छ। 

सरकारलाई दिएको समर्थनमै असर पर्ने रेशम चौधरी प्रकरण 
२०७७ सालमा भएको टीकापुर घटना राजनीतिक नभई आपराधिक भएको ठहर गर्दै सर्वोच्चले रेशम चौधरीसहित धेरै प्रतिवादीलाई दोषी सदर गरेको छ।  

२०७७ फागुन १२ गते कैलाली जिल्ला अदालत र उच्च अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै चौधरीसहित केही प्रतिवादीका तर्फबाट पुनरावेदन गरिएको थियो। सरकार भने उच्च अदालत दिपायलको फैसलामै चित्त बुझाएर बसेको थियो।

चौधरी हाल डिल्लीबजार कारागारमा रहेका छन्। उनको संरक्षकत्वमा गठन भएको नागरिक उन्मुक्ति पार्टी हाल सरकारमा छ। चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन्।

प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो।

उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो। त्यसको करिब २ वर्षपछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त पुनरावेदनमाथि फैसला सुनाउँदै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई सफाइ दिन नपर्ने फैसला गरेको हो। सोही घटनामा जेल सजाय भोगिरहेका गंगाराम चौधरी र सीताराम चौधरीले भने सफाइ पाएका छन्।

अर्का प्रतिवादी लक्ष्मण थारूलाई भने उच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो। लक्ष्मणको सजाय घटाएर सर्वोच्चले तीन वर्ष बनाइदिएको छ।  

सर्वोच्चको यो फैसलासँगै रेशम चौधरीले माफी वा उन्मुक्ति पाउने सम्भावना सकिएको छ। चौधरीलाई छुटाउने भन्दै सरकारले प्रतिनिधि सभामा विधेयक समेत पेस गरेको अवस्थामा सर्वोच्चको यो फैसला आएको हो। चौधरीसहित टीकापुर घटनाका दोषीहरुलाई माफी दिनुपर्ने माग गर्दै  नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको छ। 

चौधरीकी श्रीमती रञ्जीता श्रेष्ठ सरकारमै यही अजेण्डा लिएर सहभागी भएकी छन्। तर सर्वोच्चले अन्तिम फैसला सुनाएपछि उनको अजेण्डा अब समाप्त भएको छ। चौधरीलाई अब राष्ट्रपति कार्यालयले गणतन्त्र दिवस, प्रजातन्त्र दिवस लगायतमा माफी दिने बाहेक अन्य विकल्प सकिएको छ।

Xtrem

Xtrem

यसरी माफी दिँदा उनले ४० प्रतिशत कैद भुक्तान गरेको र असल चालचलन लगायत हुनुपर्नेछ। यसरी माफी पाउँदा उक्त अभियोग उनले स्वीकार गर्नुपर्नेछ। उनी पुन: राजनीतिक क्रियाकलाप वा सरकारी पदमा बस्न अयोग्य हुनेछन्। 

लडाकु प्रकरण 
सर्वोच्च अदालतले मंगलबार नै सरकारलाई झट्का दिने गरी गरेको आदेश हो, लडाकुलाई रकम वितरण गर्न भनी निर्माण भएको मापदण्ड रोक्ने अन्तरिम आदेश। न्यायाधीश कुमार चुडालको एकल इजलासले नेपाली कांग्रेसका नेता कुलबहादुर लिम्बुसहित ५० जनाभन्दा धेरै द्वन्द्वपीडितले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्चले जेठ ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ। उक्त दिन दुवै पक्षका बीचमा हुने छलफलले मात्र रकम वितरणबारे निर्णय दिनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको नेतृत्वमा भएको जनयुद्धका समयमा खटिएका तर पछि प्रमाणीकरणको समयमा अयोग्य भनी बर्हिगमनमा परेका लडाकुहरुलाई आफू प्रधानमन्त्री भएपछि मन्त्रिपरिषदबाट निर्णय गरेर जनही २/२ लाख दिने निर्णय गरेका थिए। उक्त निर्णयपछि गृह मन्त्रालयले यस सम्बन्धी कार्यविधि पनि बनाएको थियो। गृहले कार्यविधि बनाएर आह्वान समेत गरेको अवस्थामा सर्वोच्चले रोक लगाएको हो।

विगतमा पनि यस्तै भएको थियो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि रकम वितरणको कोसिस भएको थियो तर सर्वोच्चले रोक लगाएको थियो। सर्वोच्चले उक्त विवादमा फैसला सुनाउँदै रकम वितरण गर्ने कुरा मन्त्रिपरिषदको निर्णय वा मन्त्रालयको निर्णयभन्दा कानुनद्वारा हुनुपर्ने फैसला गरेको थियो।

सरकारले सर्वोच्चको सोही फैसलाका आधारमा रकम वितरण गर्न कार्यविधि बनाएको दाबी गरेको थियो। तर द्वन्द्वपीडितहरुले आफूहरु पनि उक्त द्वन्द्वको समयमा पीडित भएको र कब्जा सम्पत्ति समेत नपाएको, राहत नपाएको र अहिलेसम्म विस्थापित भइरहेको तर माओवादीका तर्फबाट युद्धमा सहभागी भएकाहरुले मात्र रकम पाउने कुरा विभेदकारी हुने भएकाले रोक्न माग गरेका थिए।

सरकारले रकम वितरणको तयारी गरेपछि उक्त निर्णयको सत्तापक्षका सांसदहरुले नै विरोध गरेका थिए। देश आर्थिक संकटमा रहेको अवस्थामा रकम वितरण गर्ने निर्णय गलत भएको भन्दै सरकारको आलोचना गरेका थिए। यो विवाद सरकार, सडक, संसद् हुँदै सर्वोच्च पुगेको थियो। सर्वोच्चले दोस्रो सुनुवाइमा अन्तरिम आदेश खारेज गरेमा भने कार्यविधि अनुसारको काम अघि बढ्न अन्तरिम आदेश निरन्तर जारी गरेमा रोकिनेछ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १९:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार
सम्बन्धित सामग्री
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ लोकसेवाको परामर्शबारे सरकारको प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन । शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परी बागमती र लुम्बिनी प्रदेशमा दुई–दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक–एक जनाको... शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन उनी कतार प्रस्थान गरेका हुन्। शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्