प्रतिकात्मक तस्बिर काठमाडौं– डिजेलको मूल्य घटेसँगै सरकारले लामो दुरीका (अन्तर प्रदेश चल्ने) सार्वजनिक यातायातको भाडा घटाएको छ। सरकारले डिजेलको नयाँ मूल्यसूचीअनुसार सार्वजनिक सवारीको भाडा पनि समायोजन गरेको हो।
नेपाल आयल निगमले मंगलबार डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाएको थियो। मुल्य घटे लगत्तै यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको छ।
यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर बुधबारदेखि नै लागू हुने विभागले जनाएको छ।
विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटाएको छ।
अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।