काठमाडौं– नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले मंगलबार डिजेल र मट्टीतेल प्रतिलिटर १०/१० रुपैयाँका दरले मूल्य घटाएको हो।
भारतबाट मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो। तर पेट्रोल, हवाई इन्धन र एलसी ग्यासमा भने मूल्य यथावत राखिएको छ।
डिजेल र मट्टीतेलमा घटेको मूल्य मंगलबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।