काठमाडौं– सूचना तथा सञ्चारमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणको विषय नजोडिएको बताएकी छन्।
सञ्चारकर्मीले नागरिकता विधेयक पारित नगरेकाले प्रधानमन्त्रीको भारत भ्रमण हुन नसकेको भन्ने प्रश्नको खण्डन गर्दै मन्त्री शर्माले उक्त कुरा बताएकी हुन्।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री नागरिकताको विषयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसँग जोड्न नहुने बताएकी हुन्।
‘जहाँसम्म नागरिकताको विषयलाई लिएर प्रधानमन्त्रीको भारत भ्रमणसँग कुनै पनि हालतमा जोड्न मिल्दैन। त्यो आवश्यकै छैन। किनभने यो हाम्रो विषय हो,’ मन्त्री शर्माले भनिन्,‘नेपालीसँग जोडिने विषय हो।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै भारत भ्रमण गर्ने तयारी गरिरहे पनि भारतबाट औपचारिक निमन्त्रणा आएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।