काठमाडौं– नेपाल सरकारले मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केही दिन अघि दिवंगत भएका कायस्थलाई सहिद घोषणा गरेको हो।
दोस्रो जनआन्दोलनका घाइते कायस्थलाई यसअघि जिउँदा सहिद घोषणा गरिएको थियो।
‘मंगलबार बसेको मन्त्रिपरिषद्ले मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ,’ मन्त्रिपरिषद्को निर्णय सुनाउँदै संचारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।