काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको बयान चलिरहेको छ। जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान चलिरहेको छ।
मंगलबार बिहान ११ बजेदेखि बयान लिन सुरु गरिएकोमा ६ घण्टादेखि जारी भएको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
यस्तै सोही प्रकरणमा आइतबार एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन्। सोमबार अदालतले उनलाई चार दिन थुनासमा राख्न अनुमति दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।