काठमाडौं– भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोल र डिजेलमा मूल्य घटेर आएको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार पेट्रोलमा ९ रुपैयाँ र डिजेलमा ८ रुपैयाँ मूल्य घटेर आएको हो।
भारतबाट हरेक १५ दिनको अन्तरालमा मूल्यसूची आउने गर्छ। त्यस अनुसार नेपालमा मूल्य समायोजन हुने गरेको छ।
यसअघि नेपाल आयल निगमलाई पेट्रोलमा १२, डिजेलमा ४.६, मट्टितेलमा ४०.९ रुपैयाँ नाफा रहेको थियो। नयाँ मूल्य सूची अनुसार नाफा निगमको नाफा बढ्न गएको छ। निगमलाई ग्यासमा भने करिब ३५९ रुपैयाँ घाटा रहेको छ।
नाफा बढे पनि निगमले मूल्यमा भने समायोजन गरेको छैन। तर निगमका प्रवक्ता ठाकुरले आफूहरुले सञ्चालक समितिमा प्रस्ताव गरेको तर निर्णय आउन बाँकी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।