• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ १८, २०८२ Sun, Jun 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सुरु भयो मिनी संसद्ः महत्त्वपूर्ण विषयमा सरकारको राय मागदेखि समितिलाई अनुशासित बनाउनुपर्नेमा सांसदको जोड
64x64
नेपाल लाइभ मंगलबार, जेठ २, २०८०  १६:४०
1140x725

काठमाडौं– चालू संसद्को दोस्रो अधिवेशन सुरु भएपछि मात्र प्रतिनिधि सभा र संघीय संसद्को संयुक्त समितिका सबै समितिले पूर्णता पाएपछि मंगलबार बैठक बसेको छ। मिनि संसद्को रुपमा मानिने संघीय संसद्का समितिहरुले लामो राजनीतिक माथापिच्छेपछि मात्र पूर्णता प्राप्त गरे। 

समितिहरुमा राजनीतिक दलले सदस्यहरुको नाम सिफारिस गरेसँगै मंगलबार सबै समितिको बैठक बसेको छ। मंगलबार बसेको समितिको बैठकमा सांसदहरुले विकसित घटना क्रमबारे सरकारले गर्दै गरेको कामको बारेमा चासो राख्नेदेखि समितिलाई व्यवस्थित र अनुशासित बनाउनुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले समिति सञ्चालनका लागि आचारसंहिता बनाउनुपर्ने बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समिति सचिव र सभापतिबीच छलफल भइसकेपछि समितिको बैठक बोलाइहाल्ने परम्परा रहेको भन्दै समितिको बैठक कति समयअघि बोलाउने र विषय वस्तुहरु कस्ता राख्ने भन्नेबारेमा आचारसंहिता बनाएर अघि बढ्न जरुरी रहेको बताएका हुन्।

साथै सांसद थापाले  समितिको बैठक बोलाउँदा आकस्मिक समयबाहेक अन्य समयमा बोलाउन निश्चित समय अवधि तोक्नुपर्ने बताएका छन्। सांसद थापाले समितिमा विधेयकको छलफलका लागि पनि कार्यतालिका बनाएर अघि बढ्न सुझाव दिए।

यस्तै, नेपाली कांग्रेसकै सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था गर्न माग गरेका छन्। 
सांसद बडूले नेपाल प्रहरीको भर्तीका लागि अन्तरवार्ता काठमाडौंमा गर्नेगरी बोलाइएको भन्दै आपत्ति जनाए। उनले अहिले केही दिनपछि हुने प्रहरी जवानको अन्तर्वार्ताका लागि काठमाडौं बोलाइनुको औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताएका छन्।

बडूले दुर्गम जिल्लाबाट आउने नागरिकलाई ऋणको भारी बोकाउनु नहुने र नेपाल प्रहरीको भर्ती जिल्लाबाटै हुनुपर्ने पद्धतिको विकास गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण समेत गराए। 

यस्तै, नेकपा एमालेका सांसद रघुजी पन्तले समितिको कामलाई योजनाबद्ध ढंगले गर्न जरुरी रहेको बताए। बैठकमा उनले समिति सुशासन कायम गर्ने, सुदृढीकरण गर्ने भूमिकामा रहनुपर्ने बताए। उनले अहिले सबैभन्दा असंगठित र अव्यवस्थित स्थान प्रधानमन्त्री कार्यालय रहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन हुन जरुरी रहेको बताए। प्रधानमन्त्री कार्यालय राजनीतिक अस्थिरताका कारण व्यवस्थित हुन नसकेको उनको भनाइ छ। सांसद पन्तले नेपालको समिति प्रणाली अति लोकतान्त्रिक भएको र यसले समितिको संवेदनशीलतामा प्रश्न उठाएको बताए।

यस्तै नेकपा माओवादी केन्द्रका सांसद हीतराज पाण्डेले समितिलाई सुरुवातदेखि नै व्यवस्थित बनाउन आवश्यक रहेको बताए। समितिले नतिजा दिनेगरी काम गर्न आवश्यक रहेको उनले उल्लेख गरे। उनले समितिको अनौपचारिक विषयहरुमा संवेदनशीलताको ख्याल गर्न पनि आग्रह गरे। उनले औपचारिक विषयहरुलाई पनि व्यवस्थित बनाउन जरुरी रहेको बताए। सांसद पाण्डेले समितिको आचारसंहिता बनाउँदा वस्तुगत अवस्थालाई हेरेर कार्यान्वयन गर्ने हिसावले बनाउन आवश्यक रहेको उल्लेख गरे।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताए। उनले समितिले निस्कर्ष निकालेर विषयहरुलाई तोडमोड गर्नु नहुने बताए। उनले समितिलाई प्रभावकारी बनाएर जानुपर्ने माग गरे। समितिले दिएको निर्देशन पालना गर्नुपर्ने र नगरे के गर्ने भन्ने बारेमा पनि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ। सांसद लामिछानेले समितिमा बोल्नका लागि सदस्यको समय छुट्याउन आवश्यक रहेको बताए।

सांसद शर्माद्वारा नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग
यस्तै, नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग गरेका छन्। बैठकमा बोल्दै उनले सरकारको जवाफ माग गरेका हुन्। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धानको प्रक्रिया कहाँसम्म पुर्‍याएको हो भन्ने जवाफ दिनुपर्ने बताए। सांसद शर्माले सरकारले नक्कली भूटानी शरणार्थीमा छानबिनका लागि सबै दलको समर्थन पाएको भन्दै दोषी नउम्किने र निर्दोष नफस्ने गरी कारबाही अघि बढाउनुपर्नेमा जोड दिए। 

सांसद शर्माले नक्कली भुटानी शरणार्थीको छानबिनको सन्दर्भमा सक्कली छानबिनको वस्तुस्थिति के छ भन्नेबारेमा जानकारी गराउन गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्। 

यता, नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले राहदानी विभाग, यातायात कार्यालयलगायत ड्राइभिङ लाइसेन्स लिने ठाउँ, मालपोत कार्यालयलाई व्यवस्थित बनाउन जरुरी रहेको बताए। उनले सरकारको जवाफ माग गरेका हुन्। उनले यी क्षेत्रहरुमा समयमै ध्यान नपुर्‍याए कुनै पनि बेला दुर्घटना हुनसक्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले सुशासनको विषयलाई विशेष ध्यान दिन जरुरी रहेको बताए। सांसद पाण्डेले संसदीय समितिले दिएका निर्देशन कार्यान्वयन गराउने किसिमबाट दिनुपर्नेमा जोड दिए। 

गृहमन्त्री भन्छन्ः नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकार  कसैको दबाबमा पछि हट्दैनौं
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनैपनि दबाबमा पछि नहट्ने बताएका छन्। बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कसैको दबाबमा पछि नहट्ने बताएका हुन्। 

उनले यस प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरीकन काम गर्न निर्देशन दिइएको भन्दै अहिले प्रहरीले निष्पक्ष रुपमा काम गरिरहेको उल्लेख गरे। उनले भ्रष्टाचारका अन्य प्रकरणहरुको पनि अनुसन्धान हुने बताए। अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने सरकारको काम भएको उनको भनाइ छ। मन्त्ती श्रेष्ठले अनुसन्धानले पुर्‍याउने बाटोसम्म सरकार पुगेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १६:४०
  • #राज्य व्यवस्था तथा सुशासन समिति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
गायक तथा संगीतकार गणेश रसिकको निधन
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो
सम्बन्धित सामग्री
परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा सो समारोहमा सहभागी हुन मन्त्री डा राणा गत बुधबार हङकङ प्रस्थान गरेकी थिइन् । नेपाल सो सङ्... आइतबार, जेठ १८, २०८२
गणतन्त्र पक्षधरहरु एक ठाउँमा आउनेबित्तिकै राजावादीहरूको केही रहने छैनन् : प्रचण्ड नुवाकोटको सूर्यगढी गाउँपालिका- ३ स्थित वागेश्वरी माध्यमिक विद्यालयको हीरक जयन्तीलाई सम्बोधन गर्दै उनले अघिल्लो पटक आफू प्रधानमन्त्री... शनिबार, जेठ १७, २०८२
जनताले लडेर ल्याएको गणतन्त्र हो, अब पछाडी फर्किन सम्भव छैन : प्रधानमन्त्री ओली शनिबार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निरङ्कुश हुकुम... शनिबार, जेठ १७, २०८२
ताजा समाचारसबै
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
गायक तथा संगीतकार गणेश रसिकको निधन आइतबार, जेठ १८, २०८२
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो आइतबार, जेठ १८, २०८२
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा आइतबार, जेठ १८, २०८२
तेह्रौं तिथीको प्रसाद खाएका रोल्पा चौरपानीका सयभन्दा बढी बिरामी आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
राजावादीको प्रदर्शन सुरु (भिडियो)
राजावादीको प्रदर्शन सुरु (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो)
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुजरातलाई हराउँदै मुम्बई आईपीएलको क्वालिफायर–२ मा, फाइनलको लागि पञ्जाब किङ्ससँग खेल्ने शनिबार, जेठ १७, २०८२
'राइड सेयरिङ' नियमावली खारेजीको माग गर्दै यातायात व्यवसायीद्वारा काठमाडौंमा चक्काजाम शनिबार, जेठ १७, २०८२
प्रचण्डलाई लिङ्देनको जवाफ : विचरा उहाँलाई पीर परेको छ, आफूले पैसा दिएर जुलुसमा मान्छे ल्याएको सम्झिनुभएको होला शनिबार, जेठ १७, २०८२
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो आइतबार, जेठ १८, २०८२
गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित – प्रधानमन्त्री ओली शनिबार, जेठ १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्