काठमाडौं- सरकार समर्थित १० दलको बैठक सकिएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकमा नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा छलफल भएको छ।
बैठकमा यही जेठ ५ गते सरकारले संसदमा पेस गर्ने नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत आबद्ध रहेको उक्त गठबन्धनको बैठक प्रधानमन्त्री प्रचण्डले बोलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।