काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताएका छन्। मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै वाग्लले सरकारले निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताएका हुन्।
उनले निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने बताए। उनले निजी क्षेत्र पखेटा फिँजाएर उड्नको लागि आवश्यक नीतिगत बाटोमा पहिल्याउन आवश्यक रहेको बताए। उनले सरकारले निजी क्षेत्रमैत्री वातावरणका सम्भावनाका बारेमा वहस आवश्यक रहेको पनि बताए।
उनले निजी क्षेत्रले सिर्जना गरेको रोजगारी, सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भएमात्रै कल्याणकारी राज्य धान्ने बताए। अब मुलुकका युवाहरुलाई उद्यममार्फत् देश निर्माणमा लगाउनुपर्ने उनको भनाइ छ। उनले डेमोग्राफिक प्रोजेक्शन अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जाने भन्दै अबको पाँच वर्ष धैर्य गर्ने कसैसँग समय नहुने बताए। उनले अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरुपको कस्तो बनाउने भन्ने यकिन हुनुपर्ने बताए।
उनले छिमेकी मुलुकहरु आर्थिक रुपमा धेरै फड्को मारेको भन्दै विदेशी लगानी भित्रने वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरे। उनले नेपालले केही समयअघि आन्तरिक कलहको कारण विश्वका ठूला कम्पनीहरुको लगानी नेपालका आकर्षण गर्न नसकिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।