• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सुदूरपश्चिम सरकारले गर्‍यो आगामी बजेटबारे संघीय सांसदसँग छलफल

64x64
नेपाल लाइभ मंगलबार, जेठ २, २०८०  १४:१९
1140x725

काठमाडौं- सुदूरपश्चिम सरकारले उक्त प्रदेशबाट संघमा प्रतिनिधित्व गर्ने प्रतिनिधि र राष्ट्रिय सभाका सांसदहरुसँग आगामी बजेटबारे छलफल गरेको छ। उक्त छलफल संघीय राजधानी काठमाडौंमा मंगलबार गरिएको हो।

मुख्यमन्त्री कमल शाहले सुदूरपश्चिमको विकासमा सबै तहका सरकारको अपनत्व खोजेको बताए। उनले तीनै तहका जनप्रतिनिधिको साझा प्रयासबाट मात्रै विकास सम्भव हुने बताए।

कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले उक्त प्रदेशको विकासका लागि एकीकृत अभियानको जरुरी रहेको बताए। त्यसैले यसपल्ट प्रदेशले बजेट बनाउँदै स्थानीय सरकारका पदाधिकारी र संघीय सांसदहरुको सुझावसमेत समेट्न खोजिएको उनले उल्लेख गरे।

यस्तै भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले फरक-फरक पार्टीबाट प्रतिनिधित्व गरे पनि लक्ष्य एउटै भएकाले सल्लाह गरेरै अघि बढ्न खोजेको बताए। अहिले धेरै माग टुक्रे योजनाको रहेको बताउँदै वितरणमुखी बजेटबाट अपेक्षित नतिजा नआउने उनको भनाइ थियो। कार्यकर्ताको दबाबमा आउने कार्यक्रमले सुदूरपश्चिम नबन्ने उल्लेख गर्दै फरक तरिकाले सोच्नुपर्ने भएकाले छलफल जरुरी ठहर्‍याइएको उनले बताए। 

उपस्थित सांसदहरुले सुदूरपश्चिम सरकारले बजेटअघि सबैसँग छलफल गरेर राम्रो अभ्यासको थालनी गरेको बताए। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट बनाउँदा संवेदनशील हुनुपर्नेतर्फ सचेत गराउँदै पारदर्शीतामा उठिरहेका प्रश्नहरु हल गर्नुपर्ने उल्लेख गरे। यसपल्टको बजेट शिक्षा र स्वास्थ्यमा बढी केन्द्रित बनाउनुपर्ने उनको सुझाव थियो।

कांग्रेसकै अर्का सांसद वीरबहादुर बलायरले प्रदेश संरचनामाथि प्रश्न उठिरहेको उल्लेख गर्दै सचेत भएर अघि बढ्नुपर्ने बताए। छरिएको बजेटले उपलब्धि लिन नसकिने हुँदा निश्चित योजना बनाएर विनियोजन गर्ने सुझाए।  उनले थपे, ‘कम्तिमा एउटा पालिकामा एक वर्षमा नमुना काम भएको देखियोस्। यो काम प्रदेशबाट भएको हो भन्न मिल्ने होस्। तपाईंहरुको मार्गचित्रमा हामी छलफल गर्न तयार छौं।’

एकीकृत समाजवादी प्रतिनिधि सभा सांसद भानुभक्त जोशीले रोजगारमूलक काममा ध्यान दिन सुझाव दिए। कृषिमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको बताउँदै उनले त्यसमा बजेटले जोड दिनुपर्ने बताए। उनले पाँच वर्षे कार्यकालका साथै १० र २० वर्षे योजना बनाएरसमेत काम गर्नुपर्ने आवश्यकता औंल्याए।

नेकपा एमालेका सांसद दामोदर भण्डारीले आमजनमा निराशा रहेको र सरकारसमेत फेरिरहेकाले राजनीतिक नेतृत्वमाथि प्रश्न उठेको बताए। सरकार फेरबदल भइरहने भएकाले आगामी बजेट सहमतीय ल्याउनुपर्ने आवश्यकता औंल्याए।

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्यका लागि अझै पनि भारत वा संघीय राजधानीमा निर्भर रहनुपर्ने अवस्था रहेकाले यसपल्टको बजेटलाई त्यतातिर केन्द्रित गर्न सुझाए। विकासमा भ्रष्टाचार रहेको उल्लेख गर्दै भने, ‘प्रिपेड घुसको कुरा आएको छ। मैरै जिल्लामा यति प्रतिशत घुस बुझाएर योजना गएका बताउने गरिएका छन्। यसले हाम्रो सरकारको औचित्यमाथि प्रश्न उठेको छ।’

एमालेकै अर्का सांसद तारा लामाले सुदूरपश्चिम सरकार सबैको रहेको भावनात्मक सन्देश दिन जरुरी रहेको उल्लेख गरे। आदिवासी जनजातीको जीवन उत्थानका लागि विशेष कदम चाल्नुपर्ने बताउँदै पर्यटनको सम्भावनालाई पनि बजेटले सम्बोधन गर्नुपर्ने बताए। आफू छोटो समय अर्थमन्त्री हुँदा घुसको अफर भएको बताउँदै उक्त विकृति बन्द गर्ने बाटोमा लाग्नुपर्नेमा जोड दिए। ‘पारदर्शी र प्रष्ट छलफल गरम्। प्रिपेड घुसको कुरा नगरौं। एकछिन अर्थमन्त्री हुँदा मलाई त अफर गरेका थिए। नमान्दा बजेट ल्याउन खोजेको दिन बाहिरिनुपर्‍यो।’

नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले संघीय संसद्ले कानुन निर्माणमै ध्यान दिनुपर्ने भएकाले प्रदेश सरकारले विकासको समन्वय गर्नुपर्ने उल्लेख गरे। उनले प्रदेश बलियो बनाउने र संघको शाखा नभइ छुट्टै सरकार रहेको अनुभूति दिने कानुन बनाउन सक्रिय हुनुपर्ने बताए। उनले थपे, ‘हार्डव्यर भौतिक विकास हो। सफ्टवेयर मानिसिक पक्ष हो। हामीकहाँ सफ्टवेयर पक्षको विकासमा जोड दिन जरुरी देख्छु। मुख्यमन्त्री जनशक्ति आयोजना भनेर कार्यक्रम घोषणा गरौं। आगामी दिनमा सुदूरपश्चिमलाई चाहिने जनशक्ति निर्माणमा जोड दिउँ।’

राष्ट्रिय सभा सदस्य गरिमा शाहले उक्त छलफल नयाँ अवधारणा रहेको बताइन्। यसले सुपको बजेट निर्माणमा मद्दत गर्ने उनको भनाइ छ। उनले भनिन्, ‘सुन्दर सदूरपश्चिमलाई समृद्ध सुदूरपश्चिम कसरी बनाउने अब त्‍यतातिर जोड दिनुपर्छ। अहिलेलाई हामीसँग जे छ, त्यसैबाट सुरुवात गर्नुपर्छ। निर्वाहमुखीबाट आत्मनिर्भर कृषिमा रुपान्तरण गर्नुपर्छ।’ नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीले सुदूरपश्चिमलाई कसरी चिनाउने भनेर पाँच वर्षे योजना बनाउनुपर्ने बताए। अन्य प्रदेशकाहरु आफ्नो क्षेत्रका लागि एक ठाउँमा आउने गरेको बताउँदै सुदूपश्चिमले पनि त्यही अपनाउनुपर्ने बताए। हरेक जिल्लामा एउटा नमुना स्कुल कार्यक्रम गर्ने प्रस्ताव राखे।

Xtrem

Xtrem

एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले प्रदेशले संघीय सांसदसँग छलफल गर्ने अभ्यासले विश्वास सिर्जना गरेको बताए। पुँजी निर्माण र भित्र्याउने कुरामा जोड दिनुपर्ने उनको भनाइ छ। स्वास्थ्य उपचार अपरिहार्य कुरा रहेको बताउँदै गेटामा स्वास्थ्य सेवा सुरु गर्ने, डडेलधुरा र बयलपाटालाई बलियो बनाउनेमा जोड दिनुपर्ने उल्लेख गरे।

राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले सुदूरपश्चिमका तीन बाटा सेती लोकमार्ग, धनगढी दिपायल फास्ट्र ट्र्याक र कर्णाली करिडोर पूरा गर्न प्रदेशले पालिकासँगसमेत समन्वय गरेर अघि बढ्नुपर्ने बताए। उनले प्रदेश स्थायित्व र निरन्तरता प्रदेशमै बस्नेले पुष्टि गर्नुपर्ने बेला आएकाले गम्भीर भएर काम गर्न सुझाए।

निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले दुर्गमलाई लक्षित गरेर बजेट बनाउनुपर्ने उल्लेख गरे। हुँदा खाने र हुने खानेबीचको खाडल गहिरो रहेको बताउँदै त्यसलाई पुर्नेगरी योजना बनाउनुपर्ने धारणा राखे। अनुदानको गलत प्रयोग भएकोतर्फ ध्यान केन्द्रीत गराउँदै उत्पादनमा मात्रै अनुदान दिने व्यवस्था हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी
कान्तिलोक पथमा खसेको पहिरो हटाइयो
सम्बन्धित सामग्री
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने अर्थ मन्त्रालयका अनुसार वाग्ले कतार एयरवेजको नियमित उडानमार्फत शनिबार साँझ दोहातर्फ प्रस्थान गरेका हुन्। उनीसँगै अन्तर्राष्ट्रिय आर्... शनिबार, असोज १०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपै... शनिबार, असोज १०, २०८३
सुनको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो । शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
कान्तिलोक पथमा खसेको पहिरो हटाइयो शनिबार, असोज १०, २०८३
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्