• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले महासचिव भन्छन्– बाह्य शक्तिको चलखेलका कारण नेपाली राजनीति अस्थिर बन्यो

64x64
नेपाल लाइभ मंगलबार, जेठ २, २०८०  १२:५२
1140x725

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले बाह्य शक्तिको चलखेलका कारण नेपाली राजनीति अस्थिर बनेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै पोखरेलले बाह्य शक्तिकै चलखेलका कारण दल तथा नेताहरुले विभाजनको पीडा खेप्नु परेको पनि उल्लेख गरेका छन्। 

अहिले नेपाली राजनीतिको विकल्पका रुपमा अघि सार्न खोजिएको ‘पपुलिस्ट राजनीति’ले सही दिशा र बाटो समात्न नसकेको पोखरेलको भनाइ छ।  ‘पपुलिस्ट राजनीति’ भू–राजनीतिक स्वार्थको गोटी बन्ने सम्भावना बढी रहने पोखरेलको भनाइ छ। 

राजनीति सही नीति, कार्यक्रम र संगठनको बलमा अघि बढ्दछ भन्ने मान्यता राख्ने हो भने त्यो आवश्यकता उदारवाद कि समाजवाद भन्ने अजेण्डा भित्र नै खोज्नुपर्ने पोखरेलको भनाइ छ। 

नयाँका नाममा पपुलिस्ट राजनीतिक गरिरहेकाहरुले पनि आफ्नो बाटो उदारवाद कि समाजवाद भनेर नीतिगतरुपमा स्पष्टता दिन सक्नुपर्ने उनको भनाइ छ। 

‘संकटको पहिचान र समाधानको उपाय’ शीर्षकमा पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्– 
जतिबेला नेकपा (एमाले) बलियो बन्छ र राम्रो काम गर्न सुरु गर्छ त्यतिबेला नेकपा (एमाले)भित्र अन्तरसंघर्ष बढेको/बढाइएको र विभाजनको पीडा बेहोर्नु परेको छ।

राम्रो काम गर्दा विभाजनको पीडा बेहोर्नु पर्दा जनता र कार्यकर्तामा नेतृत्व असफल भएको लाग्नु स्वभाविक नै हो। तर काम गर्न खोज्ने प्रमुख नेतृत्वको पीडा पनि आफ्नै खालको छ।

यस्तो स्थिति एमालेका हकमा मात्र होइन, नेपाली कांग्रेस भित्र पनि उस्तै छ। यद्यपि कांग्रेसमा उदारवादी यथास्थितिबाद तर्फको झुकाउ बढेका कारणले उसको कार्यकर्ता पंक्ति र समर्थकमा भने नेकपा (एमाले) पंक्तिको जस्तो पीडाको अनुभूति कम देखिन्छ।

ठूला ठूला संघर्ष र बलिदानको संघर्षवाट हुर्केका नेता र पार्टी भित्रको त्यो पीडा उनीहरुको मात्र कमजोरी ठान्नु ठूलो भुल हुनेछ। त्यसमा भूराजनीतिक स्वार्थहरुको प्रभाव बढी छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा राजनीतिक अस्थिरता सिर्जना गरी आफ्नो प्रभाव विस्तार गर्ने वाह्य शक्तिहरुको चलखेलले नेपाली राजनीति अस्थिर बनेको छ।

नियोजित रुपमा सिर्जना गरिएको राजनीतिक अस्थिरताका कारणले पनि नेपाली राजनीतिले सही दिशा र बाटो समाप्त सकेको देखिँदैन।

तर नेपाली राजनीतिको विकल्पका रुपमा अघि सार्न खोजिएको पपुलिस्ट राजनीतिले राजनीतिक संकटको समाधान दिने कुनै सम्भावना नै छैन। बरु त्यो भूराजनीतिक स्वार्थको गोटी बन्ने सम्भावना बढी रहन्छ। 
पछिल्लो चुनाव पछिको सत्ता राजनीतिक संघर्षको विश्लेषण गर्ने हो भने त्यस्तै भइरहेको छ।

राजनीति सही नीति, कार्यक्रम र संगठनको बलमा अघि बढ्दछ भन्ने मान्यता राख्ने हो भने त्यो आवश्यकता उदारवाद कि समाजवाद भन्ने अजेण्डाभित्र नै खोज्नुपर्ने हुन्छ। राजनीतिलाई त्यसकै वरिपरी ध्रुविकृत गर्नुपर्ने हुन्छ।

Xtrem

Xtrem

नयाँका नाममा पपुलिस्ट राजनीतिक गरिरहेकाहरुले पनि आफ्नो बाटो उदारवाद कि समाजवाद भनेर नीतिगतरुपमा स्पष्टता दिन सक्नु पर्दछ। सधैभरी पपुलिस्ट कुरा गरेर समाजलाई सही गन्तव्यमा पुर्‍याउन सकिँदैन।

नेपाल जस्तो मुलुकमा उदारवादले व्यापारिक पुँजीवादलाई प्रश्रय दिने काम गर्दछ। त्यसको लाभ आम जनताले पाउन सक्तैन। त्यसबाट दलाल नोकरशाही पुँजीवाद नै लाभान्वित वन्न पुग्दछ। नेकपा (एमाले)लाई परमादेशबाट हटाएपछिको ५ दलीय सरकारले अवलम्बन गरेको नीति उदारवाद नै हो। त्यसको परिणाम के हुँदो रहेछ हामीले चरम आर्थिक संकटका रुपमा भोगिरहेका छौं।

समाजवाद हाम्रो जस्तो मुलकमा स्वाधिन अर्थतन्त्र निर्माणको बाटो हो। तर अहिलेकै अवस्थामा नेपाली समाजले समाजवादी कार्यक्रम लागु गरिहाल्न सक्ने अवस्था पनि छैन। यस्तो अवस्थामा समाजवाद उन्मुख आर्थिक समाजिक विकासको बाटो नै उपयुक्त बाटो हो। तर त्यसका लागि पनि बलियो राष्ट्रिय शक्तिका रुपमा समाजवादका पक्षधर शक्ति सुदृढ हुनु पर्दछ।

अहिले जस्तो नेपाली समाज विचारधाराका आधारमा केन्द्रीकृत र ध्रुविकृत नहुने हो भने बलियो राष्ट्रिय शक्तिको विकास हुन सक्तैन। आजको संकटको समाधान पनि हुन सक्तैन। त्यसैले जनमतलाई विभाजित हुनबाट जोगाउँ। विचारधाराको जगमा जनमतलाई सुदृढ गरी बलियो राष्ट्रिय शक्तिका रुपमा राजनीतिक दलहरुलाई सुदृढ गरौँ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १२:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी
कान्तिलोक पथमा खसेको पहिरो हटाइयो
सम्बन्धित सामग्री
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय डडेल्धुरा कांग्रेसले महरलाई महामन्त्री पदमा अघि बढाउने निर्णयसँगै १५औँ महाधिवेशनमा देशका विभिन्न जिल्ला तथा विदेशबाट सहभागी हुने महा... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
कान्तिलोक पथमा खसेको पहिरो हटाइयो शनिबार, असोज १०, २०८३
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्