काठमाडौं- नीति तथा कार्यक्रममा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुको बैठक बोलाएका छन्।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नीति तथा कार्यक्रम केही दिनमै संसदमा पेस हुने भएकाले त्यसअघि सत्तारुढ १० दलको बैठक बोलाइएको हो। साढे २ बजेलाई सिंहरबारमा बैठक बोलाइएको उनले जानकारी दिए।
सरकारले ५ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ। छलफलमा आएका सुझावलाई नीति तथा कार्यक्रममा समेटेर परिमार्जन हुने आचार्यको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।