काठमाडौं– साझा यातायातले सोमबारबाट थप ३ वटा बिजुली बस सञ्चालनमा ल्याएको छ। साझाले सोमवारबाट पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटी दक्षिणढोकासम्मको बिजुली बस सेवा सञ्चालनमा ल्याएको हो।
सेवाको सुभारम्भ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरे। यसअघि परीक्षणका रुपमा साझाले गत असारदेखि ३ वटा बिजुली बसमार्फत् सेवा दिँदै आएकोमा आजबाट भने थप तीन वटा सञ्चालनमा ल्याएको हो।
सोमबारबाट सञ्चालनमा ल्याएको रुटमा थप १५ वटासम्म बिजुली बस चलाउने साझाको योजाना छ। साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेयले बाँकी आगामी दिनमा थप्दै जाने र सेवालाई थप व्यवस्थित बनाउने योजना रहेको बताए।
चीनको सीएचटीसी कम्पनीले बनाएको ब्याट्रीबाट चल्ने ४० बस साझाले ६१ हरोड ८३ लाख ४५ हजार ७३२ रुपैयाँको लागतमा किनेको थियो। चार्जिङ स्टेशनको अभावमा ४० मध्ये ६ वटा विद्युतीय बसमात्र सञ्चालित छन्। ३४ वटा विद्युतीय बस अझै थन्किएर बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।